सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो, ५० भन्दा बढी घाइते

काठमाडौं, २४ असोज, । सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । त्यसैगरि ५० भन्दा बढी घाइते छन् ।

सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दूर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।
उपचारका क्रममा थप ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने मध्ये इन्द्रावती ९ की ४६ वर्षीय जुनादेवी लम्साल र इन्द्रावती-१० का २० वर्षीय गणेश तामाङको मात्रै सनाखत भएको छ । अन्पको पहिचान खुलिसकेको छैन ।

बसमा दशैं मनाएर काठमाडौं फर्कंदै गरेका यात्रु थिए । प्रहरीका अनुसार ग्रामिण सडकमा रहेको घुम्तीबाट बस सडकबाहिर अन्दाजी ६० मिटर तल खसेको थियो । घाइतेहरुको उद्धार नेपाली सेनाको हेलिकोप्टरद्धारा गरिएको छ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित