टरिगाउँ एयरर्पाेटलाई ७२ सिटे प्लेन ल्याण्ड गर्न सक्ने धावनमार्गको विकास गर्छाैः मन्त्री श्रेष्ठ


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले दाङको टरिगाउँ एयरर्पोटलाई ७२ सिटको प्लेन ल्याण्ड गर्न सक्ने धावनमार्गको क्षमताको विकास गर्ने बताएकाछन् । विहिवार तुलसीपुर स्थित टरिगाउँ एयरर्पोटको स्थलगत निरिक्षण गर्न आइपुगेको मन्त्री श्रेष्ठले टरिगाउँ एयरर्पोटको स्तारोन्नति र यसको विकास गर्न आवश्यक रहेको बताए ।

उनले करिब १६ सय मिटर धावनमार्गको क्षमता बनाउनको लागि सर्वे आवश्यक रहेको बताए । आफुहरुले यहाँको एयरर्पोटको विकासको लागि निरिक्षण गर्न आएको बताउदै यसको सर्वेपछि आवश्यक बजेट विनियोजन गरेर एयरर्पोटको क्षमता विकास गर्ने मन्त्री श्रेष्ठले बताए । ‘दाङ एशियाको ठूलो भ्याली हो, मन्त्री श्रेष्ठले भने,–माथितिर पहाड छ, यहाँका जनघनत्वको हिसाबले पनि एउटा राम्रो एयरर्पोट आवश्यक देखिन्छ, त्यो पनि ७२ सिटको प्लेन ल्याण्ड गर्न सक्ने खालको एयरर्पोट हुन पर्छ ।’

टरिगाउँ एयरर्पोटको बृहत्तर विकासको लागि यहाँका नागरिक, व्यवसायी, व्यापारी र दाङकै मन्त्रीद्धयले बारम्बार भनिरहनु भएकोथियो, उनले भने, यस विमान स्थलको विस्तार र विकासको लागि मन्त्रालयको सिंगो टिम निरिक्षण गर्ने आएको हो ।’ उनले यस एरर्पोटको विकासको लागि अहिलेको सरकार र आफुहरुको पनि प्राथमिक्ता राखेको मन्त्री श्रेष्ठले बताए । ‘सकेसम्म दशै अगाडि त्यस नभएमा दशै लगत्तै यसका सर्वे गर्ने र आवश्यक प्रक्रिया अगाडि बढ्ने छ, उनले भने–अहिले हाम्रो मन्त्रालयको सिंगो टिमलाई यहि देखि रहुनुभएको छ, यसले पनि संकेत गर्छ कि अब टरिगाउँ एयरर्पोटको विकास अगाडि बढ्छ ।’

आफ्नो मन्त्रालयले अहिले हवाइ संजाललाई प्राथमिक्तामा राखेर सवै जिल्लामा जोड्ने तयारी समेत रहेको मन्त्री श्रेष्ठले दाबी गरे । अहिलेको सरकारले देशको सवै जिल्लाको विकास र समृद्धिको लागि समानुपातिक ढंगले अगाडि बढाएको आएको बताउदै उनले भने, दाङको हवाइ संजाल संगसंगै यहाँको साँस्कृतिक, भौगोलिक र पर्यटीकय क्षेत्रको विकासको लागि उच्च प्राथमिक्तामा राखेर काम गरिरहेको दाबी गरे ।

मन्त्री श्रष्ठसंगै शहरी मन्त्री मेटमणी चौधरी, स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी सहित टोली एयरर्पोटको निरिक्षण गरेकोथियो । तुलसीपुर उपमहानगरपालिका १२ स्थित टरिगाउँ एयरर्पोटको धावन माग ७५ मिटिर लम्बाइ र ३० मिटर चौडाइ मात्र कालोपत्रे रहेको छ । अहिले नेपाल वायुसेवा निगमको १४ सिटे विमान साताको तीन दिन उडान भर्दै आएको छ ।

यसैगरी टरिगाउँ एयरर्पोटको विकासका लागि तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीको संयोजकवतमा दाङ विमान स्थल सहयोग समिति समेत गठन गरेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित