लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा आइतबार सार्वजनिक विदा

लुम्विनी प्रदेश सरकारले भदौ १२ गते आइतबार तीन जिल्लामा सार्वजनिक विदा दिने भएको छ ।

आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गरी भदौ १२ गते थारु समुदायको महान पर्व अट्वारी परेकोले दाङ, वाँके र वर्दिया जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।

मन्त्रालयका अधिकृत माधव शर्माद्धारा प्रकाशित सूचनामा प्रदेश सरकार मन्त्रिपरिषदको मिति २०७८ चैत १२ गतेको निर्णय अनुसार दाङ, वाँके र बर्दिया जिल्लामा सम्वन्धित समुदायलाई सार्वजनिक विदा दिएको बताएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले पनि अट्वारी पर्वको अवसरमा भदौ १२ गते कैलाली र कञ्चनपुर जिल्लामा सावर्जनिक विदा दिएको छ । थारु समुदायले हरेक वर्ष श्री जन्माअष्टिमीको दुइ आइतबार अर्थात कुशे औसीको पहिलो आइतबार थारु समुदायले अट्वारी मनाउदै आएकाछन् । सोही आधारमा हरेक वर्ष थारु बाहुल्य रहेका प्रदेश र स्थानीय तहले अट्वारी पर्वको अवसरमा सार्वजनिक विदा दिदै आएकोछ ।

अट्वारी पर्व विशेष गरेर पश्चिम तराइका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायले दुइदिनसम्म ब्रत बसेर धुमधामका साथ अट्वारी मनाउदै आएकाछन् ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित