लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा आइतबार सार्वजनिक विदा

लुम्विनी प्रदेश सरकारले भदौ १२ गते आइतबार तीन जिल्लामा सार्वजनिक विदा दिने भएको छ ।

आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गरी भदौ १२ गते थारु समुदायको महान पर्व अट्वारी परेकोले दाङ, वाँके र वर्दिया जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।

मन्त्रालयका अधिकृत माधव शर्माद्धारा प्रकाशित सूचनामा प्रदेश सरकार मन्त्रिपरिषदको मिति २०७८ चैत १२ गतेको निर्णय अनुसार दाङ, वाँके र बर्दिया जिल्लामा सम्वन्धित समुदायलाई सार्वजनिक विदा दिएको बताएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले पनि अट्वारी पर्वको अवसरमा भदौ १२ गते कैलाली र कञ्चनपुर जिल्लामा सावर्जनिक विदा दिएको छ । थारु समुदायले हरेक वर्ष श्री जन्माअष्टिमीको दुइ आइतबार अर्थात कुशे औसीको पहिलो आइतबार थारु समुदायले अट्वारी मनाउदै आएकाछन् । सोही आधारमा हरेक वर्ष थारु बाहुल्य रहेका प्रदेश र स्थानीय तहले अट्वारी पर्वको अवसरमा सार्वजनिक विदा दिदै आएकोछ ।

अट्वारी पर्व विशेष गरेर पश्चिम तराइका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायले दुइदिनसम्म ब्रत बसेर धुमधामका साथ अट्वारी मनाउदै आएकाछन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित