जब तिम्रो हातले मेरो झुपडीमा आगो बाल्यो (गीत)

शान्ता चौधरी

तिमीले खाँदा टुलुटुलु हेर्नैपर्ने हुन्थ्यो मैले
आफ्नै बिगत संझिएर धेरै घायल हुन्छु अहिले ।

जब तिम्रो हातले मेरो झुपडीमा आगो बाल्यो
मेरो मनमा बिद्रोहको ज्वाला दनदन बल्न थाल्यो ।

आन्दोलनको मैदानमा मुक्तिको गीत गाएँ
बल्ल देखें बाहिरी संसार नयाँ जीवन पाएँ ।

शान्ता चौधरीको फेसबुकवाल बाट

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित