दाङ २ मा मतान्तर घटाउदै शंकर पोख्रेल

दाङ, ७ मंसिर । प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं. २ का उम्मेदवार एमालेका महासचिव शंकर पोख्रेलले मतान्तर घटाउदै लिएका छन् ।

यस क्षेत्रमा करीब २३ हजार मत गणना हुँदा गठबन्धनको तर्फबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी रेखा शर्मासँग झण्डै एक हजार ८ सय मतान्तरले पछाडि परेका पोख्रेल अहिले ३५ हजार ३६० मत गणना हुँदा मतान्तर घटाएर एक हजार ६ सय १६ पुर्याएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार रेखा शर्माले १३ हजार २०४ मत प्राप्त गरेकी छन् भने पोख्रेलले ११ हजार ५८८ मत ल्याएका छन् । हाल यस क्षेत्रमा कूल ३५ हजार ३६० मतगणना भएको छ । कूल १ लाख ३३ हजार सात सय ४८ मतदाता रहेकामा ७९ हजार ४४६ मत खसेको थियो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित