समाज रुपान्तरणका लागि बहुभाषीक शिक्षा प्रणाली आवश्यक : मेयर पाण्डेय


तुलसीपुर, १६ कार्तीक । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेयले समाजवाद उन्मुख शिक्षा प्रणाली मात्र नभएर नयाँ शैक्षिक पद्धति मार्फत बहुभाषीक शिक्षा प्रणालीलाई अगाडि बढाउनुपर्ने बताएका छन् । यसका लागि सबै एक अर्का संग सहकार्य गर्नुपर्ने मेयर पाण्डेयले वताए । शिक्षा प्रणाली परिवर्तन गरेर मात्र समाज रुपान्तरण गर्न सकिने र सो रुपान्तरणको लागि वहुभाषिक शिक्षा प्रणालीलाई जोड दिनु पर्ने उनको धारणा थियो । उनले तल्लो तहमा स्थानिय भाषाको प्रयोग गर्ने तथा माथिल्लो तहका कक्षामा अन्तराष्ट्रिय स्तरको भाषा प्रयोग गरि विद्यार्थीलाई चौतर्फी ज्ञान दिनु पर्ने बताए ।

बहु भाषिक शिक्षा संचालन सम्बन्धि सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर पाण्डेयले यस्तो बताएका हुन् । “हालको शिक्षा प्रणाली सैद्धान्तिक तथा घोकन्ते पद्धतिमा आधारित छ यसलाई श्रम,सीप संग जोड्नु पर्छ र उद्ममशिल बनाउँने सिकाई क्रियाकलापमा आधारित हुनुपर्छ मेयर पाण्डेले भने ।” अवका दिनमा स्थानीय तहले सबिधानले दिएको सुविधा कार्यान्वयन गर्नुपर्ने भन्दै मेयर पाण्डेयले बहुभाषीक शिक्षालाई सस्ंथागत गरी अगाडि बढाउँन शुभारम्भ गर्नुपर्ने बताए ।

सो अवसरमा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले गाउँपालिकामा थारु समुदायको बाहुल्यता धेरै भएकाले बहुभाषीक शिक्षालाई जोड दिदै अगाडि बढाउँने बताए । बहु भाषीक शिक्षा संचालन गरेर परिवर्तनको शुरुवात गर्नुपर्ने आवश्यक रहेको उनले बताए । सो अवसरमा शान्तीनगर गाउँपालिकाका शिक्षा संयोजक धन बहादुर के.सी., तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख भास्करराज गौतम लगाएतले आ– आफनो क्षेत्रबाट शिक्षा परिवर्तनमा लाग्नुपर्ने बताएका थिए । तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका र शान्तीनगर गाउँपालिकाका सामुदायीक विद्मालयमा हुने सम्भावना, स्रोत, साधन , समस्या र वस्तुगत कुराको जानकारी लिने उद्धेश्यले संचालन गरिएको कार्यक्रममा थारु भाषालाई मूख्य प्राथमिक्ता दिईने बताईएको थियो । अन्र्तक्रियामा दंगीशरण गाउँपालिकाका शिक्षा प्रमूख विनोद अधिकारीले दंगीशरण गाउँपालिका भित्रका सामुदायीक विद्मालयको शिक्षण शिक्षण क्रियाकलाप, थारु विद्मार्थीहरुको अवस्था लगाएतका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा नमुना सर्वेक्षण निती नियम बनाएर अगाडि बढ्नुपर्ने, थारु भाषाको प्रयोग गरेर शिक्षण सिकाई क्रियाकलाप गराउँनुपर्ने, कक्षा कोठामा पाठ्यसामग्री बहुभाषिक हुनुपर्ने स्थानीय तह एंव नेपाल सरकारले भाषगत शिक्षकको ब्यवस्था गर्नुपर्ने अभिभावक अभिमुखीकरण गर्नुपर्ने , सुझाव संकलन गर्नुपर्ने लगाएतका भनाईहरु समेटिएको थियो ।


साथै अहिलेको तथ्यांक अनुशार थारु जातीभित्र ३५ प्रतिशत थारु भाषामा बोल्ने गरेको भन्दै १ सय २३ वटा भाषा मध्ये थारु भाषालाई बहुभाषीक शिक्षाको रुपमा लैजानुपर्ने कुरामा जोड दिईएको थियो । समाजमा वातावरणिय शिक्षाको सिडका अध्यक्ष राममोती चौधरीको अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख आतीथ्यता तथा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । सिडका संथापक अध्यक्ष भागिराम चौधरीले कार्यक्रमको उद्धेश्य माथी प्रकाश पारेका थिए । कार्यक्रमको शहजीकरण सहजकर्ता माधव चौधरीले गरेका थिए । समाजमा वातावरणिय शिक्षाको सिड तुलसीपुर दाङको आयोजना एंव आई .एम नेपालको सहयोगमा भएको कार्यक्रममा जनप्रतिनीधि, शिक्षा क्षेत्रका प्रतिनीधि, प्रध्यापक, शिक्षकहरुको सहभागिता रहेको थियो ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित