राष्ट्रिय युद्धहरुमा थारुहरुको राष्ट्रवादी चरित्र

वि.सं. १८७१ देखि १८७३ सम्म तदनुसार सन् १८१४ देखि १८१६ सम्म भएको नेपाल–अंग्रेज बीचको युद्धमा पनि तराईका थारुहरुको ठूलो योगदान गरेको विषयवस्तु लिखित दस्तावेजको रुपमा प्रकाशन भएको छ । त्यस युद्धमा थारु समुदायले निर्वाह गरेको राष्ट्रवादी र देशभक्तिपूर्ण भूमिकाको कदर गर्दै गिर्वाणयुद्धविक्रम शाहले तराईका थारुहरुलाई प्रदान गरेको लालमोहर साक्षी छ ।

कारी महतो

हजारौं वर्षदेखि नेपालका तराई भूभागमा बसोबास गर्दै आएका थारु समुदायले विभिन्न कालखण्डमा देशका लागि निरन्तर अनेकौं योगदान गर्दै आइरहेका छन् । इतिहासमा यो कुरा कतिपय अलिखित नै रह्यो भने कतिपय कुरा दस्तावेजको रुपमा प्रकाशनमा आएको छ । ती मध्ये एकीकरण पूर्व र एकीकरण पश्चात नेपालका सीमा बाहिरका  दुश्मनले आक्रमण गरेको समयमा थारु समुदायले खेलेको उल्लेखनीय भूमिकाहरु बारे चर्चा गर्न सान्दर्भिक देखिन्छ ।

प्राचीन काल र थारु समुदाय

यारी हे…ऊ… उत्तरल भादो चढली कुँवार

घर घर बेनी हजरारे बेगारी चलाय ।

कुटलीमा चिउरा, चाउर बान्हलीमा भाररे

सपरुरे भिरिहारे दोलखा नेपाल रे । सपरहुरे…

यारी हे…ऊ… बाङलीमा चिउरा चाउरक भार रे हो …

सपरह भरिहारे दोलखा नेपाल । सपरह …

एकओरि बाङलीमा नुन तेलक भार हो …

एकओरि बाङलीमा तिउनाक भार हो रे । एकओरि …

यो “दोलखा नेपाल” नामक निकै ऐतिहासिक गीतिकथाको एउटा सानो अंश हो । चितवन जिल्लाका थारु समुदायमा प्रचलित यो गीत अहिले पनि केहि थारु महिला र पुरुषहरुमा मुखाग्र छ । यो गीत रोपाइँमा गाउने गरिन्छ । गीतलाई झुमरी नाचमा निकै रोचकपूर्वक घण्टौंसम्म नाटकीय रुपमा पनि प्रस्तुत गरिन्छ । यो गीतिकथाको भाव संक्षेपमा यस्तो छ – ‘बाहिरी दुश्मनसँग युद्ध भैरहेको समयमा गाउँका हरेक घरका पुरुषहरु देशका सिपाहीहरुका लागि विभिन्न खाद्यपदार्थ पु¥याउन दोलखा जान्छन् । खाद्यान्न पु¥याउन गएका एक नवविवाहित युवकलाई हतियार दिएर षडयन्त्रपूर्वक लडाई गर्न पठाइन्छ । युद्धमा उनको मृत्यु हुन्छ । युवकलाई युद्धमा पठाउने षडयन्त्रकारीले घर फर्केर युवकको नवविवाहिता श्रीमतिसँग दोश्रो विवाहको प्रस्ताव राख्छ । तर युवतीले आफ्नो श्रीमानको लाश हेर्न चाहन्छ । युवकको लाश आउँछ र अन्तमा युवती श्रीमानसँग सती जान्छ ।’

प्राचीन समयदेखि यो घटनालाई गीत र नाचको माध्यमबाट थारु समाजमा गाउँदै र नाच्दै आइरहेको पाइन्छ । यो गीतमा थारु समुदायले युद्धरत सिपाहीहरुका लागि चामल, चिउरा, दाल, तरकारी, नुन, तेल इत्यादि खाद्यान्नका भार बोकी पैदल हिडेर दोलखा नेपालसम्म पनि पुगेको बुझिन्छ । सिपाहीहरुको भरणपोषणका लागि दोलखासम्म पुगेका थारु समुदाय आफ्नै वरपर भएको अरु युद्धहरुमा झन ठूलो भूमिका निर्वाह गरेको थियो ।

सेन–मुगल युद्ध र थारु समुदाय

नेपालको एकीकरण हुनुभन्दा अगाडि तराईमा सेन राजाहरुले शासन गरेका थिए । त्यसबेला भारतका मुगलहरुले निकै दुःख दिन्थे । त्यसबेला सेन र मुगल बीच बेलाबेलामा युद्ध चलिरहन्थ्यो । थारु भाषामा अहिले पनि “मोगल नहिया चिचुरिहर” भन्ने थेगो प्रचलित छ ।  मकवानपुरका सेन राजाको राज्यकालमा भारतका मुगल शासकसँग लडाइँ हुँदा नौरंगिया प्रगन्नाको सीमानामा भूपाल राय थारुले वीरगति प्राप्त गरेका थिए । भूपाल रायले वीरगति प्राप्त गरेपछि उनका छोरा दर्पनारायण रायले पर्सा जिल्ला नौरंगिया प्रगन्नाको वलुवा मध्ये ढोली गाउँ मरवट विर्ता पाएका थिए । दुर्भाग्यवश धेरै समयको अन्तरालमा मरवट पाएको लालमोहर हराएछ । त्यसपछि भूपाल रायका तीन पनातिहरु अर्थात दर्पनारायण रायका नातिहरु मोति राय, शिवनाथ राय र गरवार थारुले राजा राजेन्द्रविक्रम शाह समक्ष निवेदन दिए । त्यो निवेदनमाथि राजा राजेन्द शाह्रले अनुसन्धान गर्न लगाएछ र अन्तमा त्यो सत्य भएको निश्कर्ष निकाली मरवट विर्ता थामिएको बारे अर्को लालमोहर जारी गरिदिए । जुन ऐतिहासिक पत्र नं. ३५ मा प्रकाशन भएको छ । उक्त लालमोहरमा मोति राय, शिवनाथ राय र गरवार थारुको नाममा मरवट विर्ता थामिएको व्योहोरा छ । तराईका सेन तथा भारतका मुगल शासकहरु बीच भएको लडाइँमा थारुहरुले सैनिकको भूमिका पनि निर्वाह गरेको देखिन्छ । यो दस्तावेजले थारुहरु खेतीपाती मात्र होइन देशका लागि बलिदान हुँदै आएको जातिको रुपमा समेत प्रमाणित भएको छ । तराईका सेन राजाका लागि भारतको मुगल शासकहरुसँग लडाइँ गरी शहादत्त प्राप्त गरेका थारुका सन्तानहरुले पाएको मरवट विर्ता एकिकरण पश्चात शाह राजाहरुले पुनः थमौति गरिदिएको दस्तावेजले प्रष्ट पारेको छ ।

नेपाल–अंग्रेज युद्ध र थारु समुदाय-

वि.सं. १८७१ देखि १८७३ सम्म तदनुसार सन् १८१४ देखि १८१६ सम्म नेपाल–अंग्रेज बीच युद्ध चल्यो । त्यस युद्धमा पनि तराईका थारुहरुको ठूलो योगदान गरेको विषयवस्तु लिखित दस्तावेजको रुपमा प्रकाशन भएको छ । युद्धमा थारु समुदायले निर्वाह गरेको राष्ट्रवादी र देशभक्तिपूर्ण भूमिकाको कदर गर्दै गिर्वाणयुद्धविक्रम शाहले तराईका थारुहरुलाई प्रदान गरेको लालमोहर साक्षी छ ।

सिपाहीहरुको भरणपोषणका लागि तराईका थारुहरुले खाद्यान्न उपलब्ध गराउँदै आएको कुरा निरन्तर कायमै थियो ।  विभिन्न समयमा हुने युद्धको लागि खर्च जुटाउन तराईका थारुहरु समर्थ थिए भनेर कुर्त मेयर, जिसेल क्राउसकोफले पनि उल्लेख गरेका छन् । नेपाल–अंग्रेज युद्धमा नेपाली फौजलाई हराउनका लागि अंग्रेजहरुको सामरिक चाल अन्तर्गत अंग्रेजले तराईका थारुहरुलाई खाद्यान्न उत्पादन गर्न बन्देज गरिदिएका थिए ।

थारुहरुले प्राप्त गरेका कतिपय लालमोहरहरु विभिन्न समयमा आगलागी, बाढी लगायत प्रकोपहरुमा नष्ट भएपनि ऐतिहासिक पत्र नं. ३१ एउटा प्रतिनिधि दस्तावेज हो । त्यस युद्धमा पर्सागढीमा भएको लडाइँमा रंजित चौधरीले उल्लेखनीय मेहनत गरेको रिझवापत पर्सा जिल्ला, सिधमास प्रगन्नामध्ये वसडिलवा र लोरिआड गरी दुई गाउँहरुमा वि.सं. १८७२ वैशाखदेखि जलकर, वनकर आदि दस्तुर उठाई सरकारलाई बुझाउनुपर्ने जिम्मेवारी सुम्पेको विषय उल्लेख छ । त्यस जग्गामा आवाद तथा गुल्जार गरी त्यसबाट हुने उत्पादन उपभोग गर्ने तथा सन्तानदरसन्तानसम्म वेषवुन्यादको काम गर्न पाउने व्यवस्था गरिदिएको कुरा यो दस्तावेजमा लेखिएको छ ।

विगतमा सिपाहीहरुको भरणपोषणका लागि तराईका थारुहरुले खाद्यान्न उपलब्ध गराउँदै आएको कुरा निरन्तर कायमै थियो ।  विभिन्न समयमा हुने युद्धको लागि खर्च जुटाउन तराईका थारुहरु समर्थ थिए भनेर कुर्त मेयर, जिसेल क्राउसकोफले पनि उल्लेख गरेका छन् । नेपाल–अंग्रेज युद्धमा नेपाली फौजलाई हराउनका लागि अंग्रेजहरुको सामरिक चाल अन्तर्गत अंग्रेजले तराईका थारुहरुलाई खाद्यान्न उत्पादन गर्न बन्देज गरिदिएका थिए । खाद्यान्नको अभावमा नेपाली सेनालाई भोकमरीमा पारी कमजोर बनाएको कतिपय विश्लेषकहरुले उल्लेख गर्ने गरेका छन् ।

सुगौली सन्धी र थारु समुदाय-

नेपाली राजनीतिमा सुगौली सन्धीको कुरा व्यापक स्मरण गरिन्छ । नेपाल–अंग्रेजको युद्धको बीचमा भएको यो सन्धिमा पनि घुमाउरो तरिकाले थारु समुदायबारे बोलेको छ । थारु भनेर किटान त छैन तर स्पष्ट बुझ्न सकिन्छ । सन् १८१५ डिसेम्बर १ मा लिखित सन्धिपत्र १८१६ मार्च ४ मा नेपाल सरकारलाई प्राप्त भएको हो । उक्त सन्धिपत्रका लागि राजाको सहमति र स्वीकृतिका लागि डिसेम्बर ८ मा इस्ट इन्डिया कम्पनीले पुनः स्मरण पत्र पठाएको थियो । जसलाई पुरक सन्धी पनि भन्ने गरिन्छ । उक्त स्मरण पत्रमा राजाको मन जित्नका लागि नेपालका केहि भूभाग फिर्ता दिइएको ब्योहोरा उल्लेख छ ।

अहिले पनि चितवनका थारु समुदायका आफ्नै परिवार कोहि सीमापारी र कोहि वारी रहेका छन् । तर पनि अंग्रेजको सीमाभित्र रहेका थारु परिवार स्थायी रुपमा नेपाल आएनन् । नेपालको सीमाभित्र रहेका थारुहरु पनि अंग्रेजको सीमाभित्र बसाइ सर्न गएन । सुगौली सन्धी भएको दुई सय वर्षभन्दा बढी भएको छ ।

स्मरण पत्रको धारा ७ मा यस्तो उल्लेख छ – “युद्धको अवधिताक बेलायत सरकारको पक्षलाई समर्थन गर्ने तराईका कुनै पनि बासिन्दाहरुलाई नेपालका श्री ५ महाराजधिराजको शासनमा फर्केपछि अभियोग नलगाउने कुरामा मौसुफ सहमत होइबक्सन्छ र जमिनमा खेती गर्नेहरुदेखि बाहेक ती प्रजाहरुमध्ये कोहि आफ्ना भू–सम्पत्तिहरुलाई छोड्न इच्छुक भई कम्पनीकै इलाकाहरुमा बस्ने भएमा तिनलाई कुनै बाधा पु¥याइने छैन ।” त्यससमयमा तराईमा खेती गर्ने थारुहरु नै थिए । यो धाराले थारु समुदायको बारेमा जेसुकै भन्न खोजेको भएतापनि थारु समुदायलाई कुनै प्रभाव पार्न सकेन । जमिनमा खेती गर्न छाडेर इस्ट इन्डिया कम्पनीको इलाकाहरुमा बस्न थारुहरु गएनन् । जहाँ छन् त्यहि ठाउँमा रहिरहन रुचाउने थारु समुदायको यो वंशानुगत विशेषता नै हो ।

सन्धिको स्मरण पत्रको धारा २ बाट अंग्रेजले थारु समुदायलाई दुई टुक्रामा विभाजन गरेको पनि प्रष्ट छ । त्यस धारामा नेपालका तत्कालीन राजालाई फकाउनका लागि तराईका इलाकाहरुमध्ये तिरहुत र चम्पारन जिल्लाका विवादग्रस्त जमिनहरु बाहेक केहि भूभाग फिर्ता दिएको उल्लेख छ । चम्पारन जिल्ला चितवनसँग जोडिएको भूभाग हो भने तिरहुत चाहि सिरहा, सप्तरीसँग जोडिएको भूभाग देखिन्छ । अहिले पनि चितवनका थारु समुदायका आफ्नै परिवार कोहि सीमापारी र कोहि वारी रहेका छन् । तर पनि अंग्रेजको सीमाभित्र रहेका थारु परिवार स्थायी रुपमा नेपाल आएनन् । नेपालको सीमाभित्र रहेका थारुहरु पनि अंग्रेजको सीमाभित्र बसाइ सर्न गएन । सुगौली सन्धी भएको दुई सय वर्षभन्दा बढी भएको छ । चितवनमा रहेका केहि थारुजनहरु अहिले पनि चैतेदशैंको समयमा सीमापारी लाग्ने एउटा निकै ठूलो मेला (डेवाढ मेला) घुम्न जाने गर्छन् र आफ्ना पुराना आफन्तहरुको घरमा पाहुना बनेर मेजमानी गरेर फर्केको सुनाउँछन् ।

उता तिरहुतको पनि उस्तै अवस्था छ । सप्तरीमा अहिले पनि तिरहुत गाउँपालिका रहेको छ । भारतमा तिरहुता नामक ठाउँ छ । गुगल म्यापमा सर्च गर्दा तिरहुत नामको स्कुल, कलेज, लगायत थुप्रै संस्थाहरु भारतको बिहारमा छ । चम्पारन र तिरहुतको प्रमुख बासिन्दा थारुहरु नै थिए । सन् १६०५ मा तिब्बतका तारानाथद्वारा लिखित “बुद्ध धर्मको इतिहास” मा चम्पारनलाई थारुहरुको व्यापक बसोबास गरेको क्षेत्रको रुपमा प्रस्तुत गरिएको कुरा डा. क्राउसकोफले एक प्रसङ्गमा उल्लेख गरेका छन् । अर्को प्रसङ्गमा मुसलमान विद्वान अल्बेरुनीले १०३३ मा भारतको भौगोलिक प्रस्तुतिमा यसरी लेखेको उल्लेख गरेका छन् –“कन्नोजबाट पूर्वतिर हिँडेपछि वारी र त्यसपछि बिहात भन्ने ठाउँमा आइपग्छौं । त्यहाँबाट पनि अघि बढेपछि दायाँतिरको गाउँलाई तिल्वट (तिरहुत अथवा मिथिला) भनिन्छ, त्यहाँका बासिन्दालाई तरु (तारु) भनिन्छ । (तिनिहरु तुर्कहरुजस्ता निकै काला वर्णका छन् ।) त्यसपछि कम पहाडी क्षेत्रतिर आइन्छ… तिल्वटको विपरित दिशातिर बायाँतिरको देश… नेपाल ।” यी दुवै प्रसङ्गबाट प्रष्ट हुन्छ कि चम्पारन र तिरहुतका मुख्य बासिन्दा थारुहरु नै थिए । तर सुगौली सन्धीले थारुका एउटै परिवारलाई फुटाएर दुई देशका नागरिकको रुपमा विभाजन गरिदिए । तर भूमिपुत्र थारुहरुले आफ्ना भूमि छाडेनन् । आफ्नै माटोलाई स्याहार गरिरहेका छन् ।

निश्कर्ष-

नेपालको नयाँ नक्सा सार्वजनिक भएको छ । नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको छ । तर त्यो भारतकै कब्जामा छ । त्यसबाहेक भारतले योजनाबद्ध रुपमा कैयौं ठाउँमा सीमाना मिचिरहेको छ । ती मिचिएको सबै भूभागहरु हाम्रो देशको अधिनमा आउँनैपर्छ । तर नयाँ नक्सा सार्वजनिक हुँदै गर्दा कतिपय दलका नेताहरुले खुट्टा कमाएका छन् भने कथित मधेसवादी दलका केहि नेताहरुले घुमाउरो तरिकाले भारतको समर्थन गर्दै आएको बुझिन्छ । तर थारु, मधेसी, आदिवासीजनजाति, दलित, मुस्लिम लगायत सम्पूर्ण नेपाली जनताको भावना एउटै छ । सीमा सुरक्षाका लागि सबै एकढिक्का हुनुपर्छ ।

यतिखेर फेरि पनि थारु समुदायका छाता संगठन थारु कल्याणकारिणी सभा लगायत आन्दोलनरत थरुहट थारुवान राष्ट्रिय मोर्चा र थरुहट थारुवान संयुक्त संघर्ष समितिले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी समग्र थारु समुदायलाई पुनः राष्ट्रियताको पक्षमा उभ्याएको छ । यद्यपि थारु समुदायका माग र मुद्दाहरु नेपालको संविधान अझै अटाएको छैन । थारुका आवाजलाई राज्यले अझै सम्बोधन गर्न सकेको छैन । कुनै दिन ती समुदायका सवालहरु संविधानमा समावेश गर्नका लागि संविधान संशोधन हुने नै छ । संशोधन गरिनुपर्छ । तीन करोड जनताहरुलाई एकसूत्रमा बाँधेर राष्ट्रिय हित र सीमा सुरक्षामा परिचालन गर्नुपर्ने अहिलेको आवश्यकता हो ।

यतिखेर फेरि पनि थारु समुदायका छाता संगठन थारु कल्याणकारिणी सभा लगायत आन्दोलनरत थरुहट थारुवान राष्ट्रिय मोर्चा र थरुहट थारुवान संयुक्त संघर्ष समितिले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी समग्र थारु समुदायलाई पुनः राष्ट्रियताको पक्षमा उभ्याएको छ । यद्यपि थारु समुदायका माग र मुद्दाहरु नेपालको संविधान अझै अटाएको छैन । थारुका आवाजलाई राज्यले अझै सम्बोधन गर्न सकेको छैन । कुनै दिन ती समुदायका सवालहरु संविधानमा समावेश गर्नका लागि संविधान संशोधन हुने नै छ । संशोधन गरिनुपर्छ । तीन करोड जनताहरुलाई एकसूत्रमा बाँधेर राष्ट्रिय हित र सीमा सुरक्षामा परिचालन गर्नुपर्ने अहिलेको आवश्यकता हो । देशको सीमा सुरक्षा गर्नुपर्ने हामी सम्पूर्ण नेपालीहरुको महत्वपूर्ण दायित्व हो । सीमारक्षाका लागि सम्पूर्ण जनतालाई परिचालित गरिनुपर्छ । नेपाल आर्मीको अधिनमा रहनेगरी सबैलाई सैन्य तालिम दिइनुपर्छ र निश्चित उमेर समूहका युवाहरुलाई कम्तिमा दुई वर्षका लागि अनिवार्य रुपमा सैनिक सेवा गर्नुपर्ने बाध्यात्मक कानून बनाइनुपर्छ ।

सन्दर्भ श्रोतः

१. जिसेल क्राउसकोफ, जंगलदेखि जमिनसम्मः थारु इतिहासतिर एक दृष्टि

२. तेजनारायण पंजियार, मेरा आफ्नै शब्दमा थारु जातिको विगतको खोजीमा

३. कुर्त मेयर, नेपालका राजा र तराईका थारुहरु

४. महेश चौधरी, नेपालका तराई तथा यसका भूमिपुत्रहरु

५. सीता चौधरी, दोलखा नेपाल, थारु गीतिकथा

६. तुलसी तिरहुत थारु, तिरहुत माइझ थारु संक्षिप्त जीवनी र तिरहुत वंशावली एक परिचय

७. विभिन्न मिडिया र पत्रपत्रिकाहरु

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित