महोत्सवमा सबैको रोजाई बन्दै ‘थारु मिन्ही घर’

तुलसीपुर, १६ माघ । चारैतिर वालले घेरिएको वरिपरि सयौं स्टलहरु राखिएकाछन् । स्टेजको केहि पर एउटा ब्यानरमा लेखिएको छ, ‘थारु मिन्ही घर’ । जहाँ महोत्सव अवलोकन गर्न आउने सबै दर्शकहरुको रोजाइमा परेको छ, तुलसीपुर महोत्सव भित्र राखिएको ‘थारु मिन्ही घर’ ।
परम्परागत थारु परिकारको स्वाद लिन आउनेहरुको घुइचो लाग्ने गरेको थारु मिन्ही घर संचालक पवन चौधरीले बताए । व्यापार, व्यवसायी भन्दा थारु समुदायको परम्परागत मौलिक परिकारको प्रचारप्रसार गर्ने उद्देश्यले स्टल राखिएको भएपनि थारु परिकारको स्वाद लिनआउने ग्राहकहरुको भिडभाड लाग्ने गरेको उनले बताए । दैनिक ३० देखि ४० हजारसम्मको कारोबार हुने गरेको चौधरीले जानकारी दिए ।


महोत्सवमा आउने प्राय कलाकार, भद्र भलाडमीहरु समेत थारु परिकारको स्वाद लिन आउने गरेको उनले बताए । अन्यत्र खाजाघर भन्दा स्वादिलो, सस्तो र मौलिक परिकार संगै अर्गानिक परिकार भएकोले पनि सवैको राजाई हुनसक्ने उनको भनाइथियो ।
घोङ्घी, माछा, गंगटा, लोकल चल्लाको मासु, मुसाको मासु, ढिक्री, रोटी, अन्डि चामलको भात लगायत थारु परिकारहरु विक्रिवितरण तगा प्रर्दशनीको लागि राखिएको संचालक चौधरीले बताए ।
विभिन्न गाउँका १०÷१२ जना थारु युवाहरु मिलेर महोत्सव अवलोकन गर्न आउने दर्शहरुलाई थारु परिकारको स्वाद दिलाउने र हाम्रो परिकारको बारेमा आम समुदायमा जानकारी गराउने लक्ष्यले महोत्सव अवधिभर ‘थारु मिन्ही घर’ संचालनमा ल्याएको उनले बताए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित