माघ साँस्कृतिक महोत्सवको मुख्य आकर्षण थारु परिकार र मघौटा नाच


घोराही, २० पुस । माघ साँस्कृतिक महोत्सव–२०७६ को मुख्य आकर्षण थारु परिकार र मघौटा नाच रहने माघ साँस्कृतिक महोत्सव–२०७६ मुल आयोजक समितिले जनाएको छ । आइतबार घोराहीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर यस्तो जानकारी गराएको हो ।
माघ साँस्कृतिक महोत्सव–२०७६ मुल आयोजक समितिका संयोजक भुवन चौधरीका अनुसार थारु परिकार घोङघी, गंगटा, माछा, सुंगुरको मासु, अन्डि चामलको भात, अन्डिको झोल, ढिक्री विक्रिवितरणको लागि राखिने भएको छ । यसैगरि महोत्सवमा थारु समुदायको विभिन्न मघौटा, छोक्रा, हुर्डुंग्या, संख्या, पैयाँ नाच गरि ६५ वटा थारुको प्रस्तुति रहने छ । त्यसैगरि स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने महोत्सव मुल आयोजक समितिका संयोजक चौधरीले जानकारी दिए । यसैगरि थारु भाषाका विभिन्न पुस्तक, पत्रपत्रिका, थारु हस्तकला समेतको प्रदर्शनी राखिने छ । थारु साँस्कृतिक संग्राहलय भवन निर्माणका लागि आयोजना गरिने लागिएको महोत्सवमा विभिन्न किसिमका ५० वटा स्टल राखिने आयोजक समितिले जनाएको छ ।
पुस २५ गतेदेखि २८ गतेसम्म हुने माघ साँस्कृतिक महोत्सवमा भिआइपीका लागि रु. एक हजार, सर्वसाधाणका लागि रु. ५० र विद्यार्थीहरुका लागि रु ३० रुपैयाको टिकट व्यवस्था गरिएको प्रचार प्रसार समितिका संयोजक सन्तोष दहितले जानकारी दिए ।
माघ साँस्कृतिक महोत्सव–२०७६ मुल आयोजक समितिका संयोजक एंव थारु कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियाशनको प्रमुख आतिथ्यमा भएको पत्रकार भेटघाट कार्यक्रमको सहजिकरण प्रचारप्रसार संयोजक सन्तोष दहितले गरेकाथिए ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित