दंगीशरणका सामुदायिक विद्यायलहरूको भौतिक निर्माणमा गति लिदै


दंगीशरण गाउँपालिकाको शिक्षा शाखाले आर्थिक बर्ष २०७६/०७७ मा ९३.६ प्रतिशत रकम शिक्षाको क्षेत्रमा खर्च गरेको जनाएको छ । लकडाउनका समयमा धेरै कार्यक्रमहरु संचालन गर्न नसकेको भन्दै आवश्यक कार्यक्रमहरु लकडाउन हुनु पूर्व नै सम्पन्न भएको शिक्षा शाखा प्रमुख विनोद अधिकारले जानकारी दिए । उनका अनुसार पर्खाल निर्माण कार्यक्रम अन्र्तगत ८२ लाख ५० हजारको लागतमा दंगीशरणका १० वटा विद्यालयमा पर्खाल निर्माण गरिएको छ । दंगीशरणको प्रा.वि. मलई, लक्ष्मी नारायण आधारभुत विद्यालय सलौरा, जनता आधारभुत विद्यालय वुटनिया, रात्री आधारभुत विद्यालय बैबाङ्ग, ज्ञानज्योती प्रा.वि.वोगटि, सरस्वती आधारभुत विधालय पदमपुर, प्रा.वि.कौवाघारी, आधारभुत विद्यालय बाँकी वेटारपुर र मा.वि.मधपुरमा विद्यालयमा पर्खाल निर्माण कार्य सम्पन्न गरिएको उनले जानकारी दिए ।
चार वटा विद्यालयमा सेनेटरी प्याड
यसैविच शिक्षा शाखाको माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि स्यानटरी प्याड व्यवस्थापन गरिएको छ । छात्राहरुलाई महिनावारीको समयमा पढ्नमा समस्या भएका कारण शिक्षा शाखाले सेनेटरी प्याडको ब्यवस्थापन कार्यक्रम अनुसार सिद्ध पृथ्वी जनता मा.वि. श्रीगाउँ, विरेन्द्र मा.वि.हेकुली, भानु मा.वि.प्रसडुवा र मा.वि.मधपुरमा सेनेटरी प्याडको ब्यवस्थापन शिक्षा शाखाले जनाएको छ ।
त्यसैगरि कक्षा १० को अतिरिक्त कक्षा संचालन कार्यक्रम अन्र्तगत दंगीशरणका चार वटा मा.वि. तहका विद्यालयका २ सय ७७ विधार्थीहरुलाई अंग्रेजी, गणीत र विज्ञान विषयलाई मूख्य प्राथमिक्तामा राखेर कक्षा संचालन गरेको जनाएको छ । यस्तै माध्यमिक विद्यालय खेलकुद विकास कार्यक्रम अन्र्तगत चार वटा मा.वि. तहका विद्यालयहरुलाई खेलकुद सामग्री वितरण गरिएको छ ।
यसैगरि मधपुर, प्रसदुवा, बुटनिया, सलौरा, पदमपुर र बैबाङ्ग गरी ६ वटा सामुदायीक विद्यालयलाई शिक्षक ब्यवस्थापन अनुदान कार्यक्रम, मधपुर, कौवाघारी, बुटनीया र सिम्ठाना गरी ४ वटा सामुदायीक विद्यालयलाई वडाबाट शिक्षक ब्यवस्थापन अनुदान, तथ्यांक ब्यवस्थापन, राष्ट्रपती रनिङ्गसिल्ड ,कक्षा ५ का विधार्थीको उपलब्धि परिक्षण कार्यक्रम, सामुदायीक सिकाई केन्द्र ब्यवस्थापन अनुदान, वडाबाट विनीयोजित १५ लाखमा ज्ञानज्योती प्रा.वि.वोगटिमा सीसी क्यामरा जडान गरिएको शीक्षा शाखाले जनाएको छ ।
सरकारी सम्पतीको संरक्षण गर्नुपर्छः चौधरी
यसैविच गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले शिक्षा क्षेत्र सुधारका लागि आफु लागिपरेको भन्दै हिजोका दिन भन्दा आज धेरै फड्को मारेको बताए । विद्यालयका जिर्ण बन्दै गएको भवनको भौतिक पूर्वाधारको विकास आफुहरुले प्राथमिक्तामा राखेर काम गरिरहेको बताए । त्यसैगरि विद्यालयको अन्य सुधारका लागि शैक्षिक सामग्री वितरण देखि विद्यार्थीहरुको स्वास्थ्य, सरसफाई, र खाजा कार्यक्रम संचालन जस्ता कार्यक्रमले सामुदायीक विद्यालयको अवस्था सन्तोषजनक अध्यक्ष चौधरीले बताए ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित