काखीमा बच्चा च्यापेर हाते सिपमा थारू महिलाहरू

दंगीशरण, २३ मसींर । दंगीशरण गाउँपालीका वडा ३ की सर्मिला चौधरी आफ्नो सानो बच्चालाई काखीमा च्यापेर भएपनि हस्तकला निर्माण तालिममा सहभागिता जनाईन् । उनलाई थारु हस्तकला बनाउँन एकदम ईच्छा जाग्छ । “बोइ बाजेले थारु हस्त निर्मीत बस्तु बनाएको देखेर एकदमै रहर लाग्छ त्यहि भएर बच्चा सानो भएपनि तालीममा सहभागि भए, उनले भनिन् । सर्मिला जस्तै सबिना चौधरी पनि काखे बच्चा च्यापेर टङ्गी बनाउँने तालीममा सहभागी भईन् । “यो तालिम लिन पाउँदा म एकदमै खुसी छु हामी जस्तो आजको पिढीलाई थारुहरुले प्रयोगमा ल्याउँने यस्ता तालीम अझै ल्याईदिनुपर्छ, उनले भनिन् ।

टिका चौधरी २१ बर्षकि भईन्, उनिलाई पनि थारु हस्तकला प्रति धेरै रुचि छ । केहि हस्तकलाहरु पनि बनाउने गर्छिन्, चोल्या, लहंगा सिउँने, ढकिया बुन्ने उनलाई आउछ तर थारु परम्परागत हस्तकला सम्बन्धि मादलको टङ्गी निर्माण गर्न भने आउदैन त्यहि भएर यो तालिममा सहभागि भएको उनले बताई । नेपाल हस्तकला महासंघ काठ्माण्डौँको प्रायोजक र दाङ हस्तकला संघ घोराही दाङको आयोजनामा १३ दिने टङ्गी निर्माण तालिममा सहभागिहरु नयाँ कुरा सिक्न पाउँदा आफुलाई भाग्यमानी थानेकाछन् ।

प्रशिक्षक मिनादेवी थारुले थारुहरुले खाने सुटहिबाट नै मादल सजाउँने राम्रो बस्तु बन्न सक्ने भएकाले अवका थारुहरुलाई यस प्रकारको सुटहि प्रयोगमा आउँन सक्छ भन्ने सिकाउँनका लागि टङ्गी बनाउँने सिकाएको बताईन् । “गाउँमा सुटहिको भित्रको मासु खाने र अरु सबै फालीदिने थारुहरु अव भने यसलाई राख्न सिकेका छन्, थारुले भनिन् ।

यसैगरि थारु कल्याणकारीणी सभा दाङ अध्यक्ष भुवन चौधरीले कतै पनि नदेखिएको टङ्गी निर्माण तालिम दाङ हस्तकला संघले आयोजना गरेको भन्दै खुसी ब्यक्त गरे । टङ्गी दाङ जिल्लामा कहि पनि छैन तर अव यसको सुरुवात भएको छ । यसलाई अझ बढाएर लग्नुपर्ने चौधरीले बताए । यो तालीमबाट सिकेको सिप देखेर थप केहि गर्ने उत्साह जागेको उनले बताए । आगामी दिनमा यसलाई बजारीकरण गर्नका लागि आफुले पहल गर्ने र यसलाई अरु ठाउँमा पनि लग्नका लागि योजना बनाउनुपर्ने बताए ।

दाङ हस्तकला संघका अध्यक्ष अशोक थारुले सुटहि एक प्रकारको पानिमा पाईने चिजको जसबाट मादल सजाउने बस्तु निर्माण गर्न सकिने भएकाले यो तालिम संचालन गरेको जानकारी दिए। थारु समुदायले प्रयोगमा ल्याउँने थुप्रै कच्चा पदार्थबाट धेरै किसिमका हस्त निर्मित बस्तु बन्न सक्ने भन्दै दाङ हस्तकला संघले यी यस्ता तालिम संचालन गर्दै आएको बताए । सुटहि पनि एक प्रकारको कच्चा पदार्थ हो । “यो घोङ्घि जस्तै खोला तथा नदिमा पाईन्छ यसको भित्रको भाग खाने र बाहिरको भाग फालिने गरिन्छ तर मादल सजावटका लागि उत्तम चिज रहेको बताए। त्यसैले यसलाई प्रयोगमा ल्याउँनपर्छ भन्दै तालिम संचालन गरिएको अध्यक्ष थारुले भने । दंगीशरण गाउँपालिका वडा न. ३ हेकुलीमा १३ दिन सम्म संचालित तालीममा दश जना थारु महिलाहरुको सहभागिता रहेको थियो ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित