१२ जना संक्रमित निको भएर घर फर्किए, अरुको अवस्था सामान्य

काठमाडौं । नेपालमा कोरोना संक्रमित विरामीहरु निको भएर धमाधम घर फर्किरहेको सुखद खबर आइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार अहिलेसम्म ११ जना कोरोना संक्रमित विरामीहरु निको भएर घर फर्किसकेकाछन् भने एकजना चितवनको भरतपुर अस्पतालमा भर्ना भएका २७ वर्षीय पुरुष पनि निको भएर घर फर्किने तयारीमा छन् । उनलाई शनिबार डिस्चार्ज गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।


मन्‍त्रालयमा अ‌ायोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता देवकोटाले भने–’भरतपुर अस्पतालमा उपचाररत दुईमध्ये २७ वर्षीय पुरुषको दोस्रो रिर्पोट नेगेटिभ आएको छ, उहाँलाई आजै डिस्चार्ज गर्ने तयारी छ ।’ उनको डिस्चार्जसंगै अहिले नेपालमा १२ जना कोरोना भाइरस (कोभिड-१९) लाई जितिसेकाछन् । यो नेपालको लागि सुखद खवर हो ।

यसैविच नेपालमा हालसम्म र्‍यापिड डाइग्नोस्टिक (आरडीटी) र पीसीआर मेसिनबार गरी देशभर ४९ हजार ३ सय ३६ को कोरोना नमुना जाँच गरिएको छ । मन्त्रालयका प्रवक्ता देवकोटाको अनुसार पीसीआरबाट ९ हजार ६ सय ६६ जना र आरडीटीबाट ३९ हजार ६ सय ७० जनामा कोरोना जाँचको परीक्षण गरिएको छ । उनले गत २४ घण्टामा मात्र १ हजार ९ सय ४५ वटा नमुना टेस्ट गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए । त्यसैगरि संक्रमित ४९ मध्ये १२ जना निको भएको बताउँदै बाँकी संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित