लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान शुरू ( फोटो फिचरसहित)

घोराही, ९ मंसिर । समानताको पुस्ताः बलात्कार विरुद्धको ऐक्यबद्धता भन्ने मूल नाराका साथ २८ औं लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान आज (सोमवार) देखि शुरू गरिएको छ । लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानलाई भब्य रुपमा सफल बनाउनका लागि महिला अधिकारका क्षेत्रमा वकालत गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, स्थानीय तह, सरोकार निकायले संयुक्त रूपमा सोमबार विहान घोराहीमा प्रभातफेरी गरि विधिवत रूपमा शुरुवात गरेकाहुन् ।


लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान जिल्ला मूल समारोह समितिको आयोजनामा जिल्ला समन्य समितिको प्रांगनबााट सुरु भएको प्रभात फेरी सहिदगेट, बैंकरोड हुदै तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै आयोजक समिति संयोजक जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपालीले समाजमा हुने हरेक खाले लैंगिक हिंसा अन्त्य नहुँदासम्म देश समृद्ध बन्न नसक्ने बताए । उनले हिंसारहित समाज निर्माणका लागि एकले अरूलाई सम्मान गर्न सक्नु पर्नेमा जोड दिए । समाज अघि बढाउन महिला पुरूषको उत्तिकै जरूरी पर्ने हुँदा एकले अर्काको भावना बुझेर सभ्य र सन्तुलित ढंगले अघि बढ्नु अहिलेको आवश्यकता भएको बताउदै उनले यही बाटोमा हिँड्न सके १६ दिने अभियानले सार्थकता पाउने उनको भनाइ थियो । कोणसभाको सहजीकरण घोराही उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख मोती विश्वकर्माले गरेकी थिइन ।सोबारबाट शुरू भएको अभियान १६ दिनसम्म जिल्लाका विभिन्न स्थानमा लैंगिक हिंसा न्यूनीकरणका विषयमा छलफल, अन्तरक्रिया लगायत विभिन्न सचेतना मुलक कार्यक्रम गरेर मनाइने भएको छ । (हेर्नुस तस्विर)

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित