एमाले दाङको जिल्ला कार्यसमितिमा १९ थारु निर्वाचित

नेकपा एमाले दाङको जिल्ला कार्यसमितिको सदस्यमा १९ थारु निर्विरोध निर्वाचित भएकाछन् । शुक्रवार भएको दाङको १३ औं जिल्ला अधिवेशनबाट १९ थारु निर्विरोध निर्वाचित भएका हुन् ।

धमकली चौधरी, भागिराम चौधरी, घनश्याम चौधरी, सीताकुमारी चौधरी, कुलराज चौधरी, धुपनारायण चौधरी, विकास चौधरी र मंगल चौधरी भुगोल तर्फबाट सदस्यमा निर्विरोध निर्वाचित भएको घोराही उपमहानगरपालिकाका नगर अध्यक्ष भुवन चौधरीले जानकारी दिए ।

उनका अनुसार भुगोल महिला तर्फबाट पशुपती चौधरी, कुमारी चौधरी,जनजाति तर्फबाट खोपिराम चौधरी र महेश चौधरी सदस्यमा निर्वाचित भएकाछन् । यसैगरि खुला सदस्य तर्फबाट खुीराम चौधरी थारु कोटातर्फबाट तेजमान चौधरी, नन्द कुमार चौधरी, बाबुराम चौधरी, लौटन चौधरी र छवि चौधरी रहेकाछन् । थारु महिला कोटातर्फबाट कैलाशी चौधरी र रामपति चौधरी रहेकाछन् । निर्वाचित हुने धमकली चौधरी प्रदेश सभा सदस्य हुन् भने भागीराम चौधरी दंगीशरण गाउँपालिकाका अध्यक्ष हुन् ।

नेकपा एमाले दाङ जिल्ला अध्यक्षमा हुकुम बस्नेत चयन भएकाछन् । त्यसैगरि उपाध्यक्षमा राममणी पान्डेय, सचिबमा मनोहर बुढाथोकी, उप सचिबमा कृष्ण भुसाल र हिरा देवी पुन चयन भएका हुन्। अधिवेशनले १२१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

 

 

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित