किसानलाई दियो घोराहीले एक करोड बराबरको कृषि यन्त्र

घोराही उपमहानगरपालिका कृषि विकास शाखाले किसानहरुलाई विभिन्न यन्त्रहरु वितरण गरेको छ । कृषि क्षेत्रको विकासको लागि किसानहरुलाई ५० प्रतिशत अनुदानमा ३६ वटा पावर टेलर, २० वटा मिनी पावर टेलर, एकवटा रोडाभेटर र २ वटा थ्रेसर मेसिन उपलब्ध गराएको हो । त्यस्तै ८५ प्रतिशत अनुदानमा ११ वटा पम्पसेट र १२ वटा मोटर हस्तान्तरण गरेको शाखा प्रमुख चोपनारायण खनालले जानकारी दिए ।

एक करोड १९ लाख ८५ हजार रुपैयाँमा टेण्डर भएकोमा ९५ लाख ९५ हजार ९९० रुपैयाँमा स्विकृती भएको शाखा प्रमुख खनालले बताए। उनका अनुसार नगरको तर्फबाट ४९ लाख ७३ हजार ४६० रुपैयाँ कृषकहरुलाई अनुदान दिएको हो।

यसैविच किसानहरुलाई कृषि यन्त्र हस्तान्तरण गर्दै नगरप्रमुख नरुलाल चौधरीले आधुनिक कृषि यन्त्रको प्रयोगले किसानहरुलाई खेतिपाती गर्नेमा सहज हुने र किसानलाई आत्मनिर्भर बनाउनेमा सहयोग पुग्ने आफुले आशा र विश्वास लिएको बताए । साथै उनले कृषि यन्त्रको माध्यबाट थोरै समयमा उत्पादन वृद्धि गरेर आर्थिक उन्नतिमा लाग्न सुझाव दिएकाथिए । यन्त्र उपकरण हस्तान्तरणमा उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरे सहभागिता रहेकाथियो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित