नेकपाको पक्षमा पश्चिम दाङमा यसरी उर्लियो जनसागर (फोटो फिचर हेर्नुस्)

हापुरे, १० मंसिर । दाङ क्षेत्र नं. ३ (ख) मा प्रदेश सभाको लागि यहि मंसिर १४ गते हुने उपनिर्वाचनको लागि पश्चिम दाङमा चुनावीको माहोल तातेको छ । हिजमात्र श्रीगाउँमा जिल्ला स्तरिय रुपमा नेपाली काँग्रेसले चुनावी सभा गरेको दोस्रो दिन आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गाउँपालिका स्तरिय हापुरेमा बृहत चुनावी सभा गरेको छ ।

काँग्रेसले चुनावी सभा गर्दा स्थानीय मतदाताहरुले साथ नदिएपछि छिमेकी जिल्लाबाट रातभरि बसमा जनतालाई श्रीगाउँको चुनावी सभामा ल्याएको स्थानियहरुले बताए । तर, त्यो चूनावी सभा भन्दा दोब्बर नेकपाको गाउँपालिका स्तरिय चूनावी सभा देख्दा आफु अचम्म परेको स्थानिय कबिराम आचार्यको भनाइथियो । स्वस्फूर्त रुपमा गाउँ गाउँ, टोल–टोलबाट सुर्यको झण्डा बोकेर विमला वली जिन्दावाद जिन्दाबाद भन्दै मतदाताहरु हापुरे पुगेकाथिए ।

उक्त चुनावी सभामा समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य धिरज सेर्पाइली लगायत नेपाली काँग्रेसका सयौं कार्यकर्ताहरु नेकपामा प्रवेश गरेकाछन् ।

चुनावी सभालाई सम्वोधन गर्न मुख्यमन्त्री समेत रहेको नेकपाका बैचारी नेता प्रेदश ५ का इन्चार्ज शंकर पोख्रेल, नकपा प्रदेश ५ का अध्यक्ष ओनसरी घर्ती, सचवि जगप्रसाद शर्मा, केन्द्रीय सदस्य एवं पुर्व मन्त्री रेखा शर्मा, नेकपा संघीय संसदीय दलकी सचेतक एवं नेकपाकी प्रभावशाली नेतृ शान्ता चौधरी, सुर्यध्वजावहाक उम्मेदवार विमला वली, प्रतिनीधि सभाका सदस्यहरु, प्रदेश सभाका सदस्य लगायत केन्द्रीय तथा प्रदेश, जिल्ला, क्षेत्रिय नेताहरुको बाक्लो सहभागिता रहेका प्रचारप्रसार समितिका उपसंयोजक आजाद खडकाले जानकारी दिए । उनका अनुसार सभामा हजारौं मतदाताहरुको सहभागिता रहेकाछ । (हेर्नुस तस्विर सहित)

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित