थारू कल्याणकारिणी सभा जापान शाखाको नयाँ कार्यसमिति चयन भएको छ।
नयाँ कार्यसमितिको अध्यक्षमा यमकुमार चौधरी (यमदिप) चयन हुनुभएको छ ।नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजकुमार चौधरी, उपाध्यक्षमा मेघराज चौधरी, धर्मेन्द्र चौधरी र अमृता चौधरी चयन हुनुभएको छ। त्यसैगरी महासचिवमा हरि चौधरी, सचिवमा मानबहादुर चौधरी, कोषाध्यक्षमा शान्ता चौधरी र प्रवक्तामा दिपेन्द्र चौधरी चयन हुनुभएको छ ।
यस्तै कर्यसमिति सदस्यहरूमा सरीक्षा चौधरी, अमरदिप चौधरी, मंगल चौधरी, रमा चौधरी, राधिका चौधरी, दिपा चौधरी, सुनिता डंगोरिया थारु र ऋतु चौधरी चयन हुनुभएको छ। नवनिर्वाचित कार्यसमितिले जापानमा रहेका थारू समुदायलाई संगठित गर्दै थारू भाषा, संस्कृति, कला, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा भूमिका खेल्ने अपेक्षा गरिएको छ। थारू कल्याणकारिणी सभा थारू समुदायको सामाजिक, सांस्कृतिक तथा अधिकारका विषयमा काम गर्दै आएको प्रमुख संस्था हो


