कोरोना रोकथामबारे मुख्यन्त्री पोख्रेलद्धारा ६ पालिकाका प्रमुखसंग भिडियो सम्वाद

बुटवल, २४ चैत । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास बारे सोमवार मुख्यमन्त्री शंकर पोखरेलले ६ वटा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद गरेकाछन्।

मुख्यन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखहरुसंग मुख्यमन्त्री पोख्रेलले गरेको यो चौथो भिडियो संवाद हो । उनका अनुसार सोमवार भिडियो संवादमा गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र भारतसंग सीमा जोडिएका स्थानीय तहका प्रमुख सहभागी थिए ।
ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ, बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बश्याल, राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी, मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटो, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र वगनासकाली गाउँपालिकाका प्रमुख कृष्णप्रसाद वश्याल भिडियो संवादमा सहभागी भएको केसीले जानकारी दिए ।
कोरोना रोकथाम र नियन्त्रणका लागि अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल भएकोथियो । पालिका प्रमुखहरुबाट अहिलेसम्म गरेका कामबारे जानकारी लिएपछि मुख्यमन्त्री पोख्रेलले आगामी दिनमा गर्नुपर्ने कामबारे मार्गनिर्देश गरेकाथिए । पालिकाप्रमुखहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालेको जानकारी मुख्यमन्त्रीलाई गराएकाथिए । उनिहरुले स्वास्थ्य सामग्रीको व्यवस्थापन छिटो गर्न समेत आग्रह गरेकाथिए । स्थानीयस्तरमा राहत कोष बनाएर अघि बढ्न र दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न मुख्यमन्त्रीले आग्रह आग्राह गरेको मुख्यमन्त्रीको प्रेस सल्लाहाकार केसीले बताए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित