रेशम चौधरीलाई रिहाईको माग गर्दै तुलसीपुरमा बृहत र्‍याली (फोटो फिचर सहित)


घोराही, २ फागुन । रेशम चौधरीसहित ११ जना कैदीबन्दीलाई रिहाइ गर्नुपर्ने माग गर्दै तुलसीपुरमा बृहत र्‍याली निकालिएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं. ३ र थरुहट थारुवान राष्ट्रिय मोर्चाको अगुवाईमा भएको बृहत शान्तीपुर्ण र्‍यालीमा थारु नेता, अगुवा सहित गाउँ गाउँबाट आएका सयौं थारु युवायुवतिहरुको सहभागिता रहेको थियो ।


उनिहरुले हातहातमा टिकापुरको भुठा मुद्दा खारेज गर, टिकापुर घट्ना राजनैतिक हो, निद्रोष थारु अगुवाहरु फसाउन पाइदैन भन्ने नारा लेखिएका प्ले कार्ड सहित तुलसीपुर बजारपरिक्रम गरेकाथिए । बजारपरिक्रमपछि कोणसभामा परिणत गर्दै थारु नेताहरुले सांसद रेशम चौधरी सहित ११ जना कैदीबन्दी निद्रोष रहेकोले उनिहरुलाई विना सर्तसहित रिहाइ गर्नुपर्ने बताएकाथिए ।
त्यसैगरि टीकापुर घटनाको छानबिनका लागि गिरीशचन्द्र लालको नेतृत्वमा गठित छानबिन आयोग र देविराम शर्माको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने माग गरेको माग गरेकाथिए । कोणसभामा थारु नेता जनकलाल चौधरी, छोटीराम चौधरी, घनश्याम चौधरी लगायतले सम्वोधन गरेको थारु कल्याणकारिणी सभा क्षेत्र नं.३ का अध्यक्ष महेश थारु जानकारी दिए । (फोटो फिचर हेर्नुस्)

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित