दंगीशरणमा शान्ती स्मारक निर्माण गरिने

घोराही, २४ माघ । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरण गाउँपालिकामा शान्ती स्मारक निर्माण गरिने बताउनुभएको छ । शुक्रबार दंगीशरणरको चखौरामा भएको संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्धन्द समाधानका लागि स्थानिय तहको द्धन्दपीडितहरु प्रतिको संवेदनशिलता, पहुच तथा बजेट विषयक गाउँपालिका स्तरिय सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै द्धन्दको क्रममा दंगीशरण गाउँपालिका वडा नं. २ मा भएको सामुहिक हत्याको सम्झनामा शान्ति स्मारक निर्माण गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । पहिलो चरणमा गाउँपालिकाले ४ लाख बजेट बिनियोजन गरेको जानकारी गराउदै यदी बजेट नपुगेमा थप बजेटको व्यवस्था गर्ने बताउदै चौधरीले आगामी दिनमा द्धन्दपीडितहरुको समस्याको समाधनका लागि गाउँपालिका सधै अग्रसर रहने बताउनुभएकोथियो ।


यसैगरि कार्यक्रममा चौधरीले दंगीशरणका द्धन्दपीडितहरुलाई स्थानीय सरकारको पहुचमा राखेर विभिन्न सीपमुलक कार्यक्रममा सहभागि गराउने बताउनुभएको छ । अबको केहि महिना भित्र यहाँका बास्तविक द्धन्दपीडितको पहिचान गरेर गाउँपालिकाको दिनसक्ने हरेक सेवासुविधा दिने तयार रहेको बताउनुभएको थियो । ‘अहिले पनि विभिन्न सीपमुलक तथा आयआर्जनका कार्यक्रममा द्धन्दपीडितहरुलाई प्राथमिक्तामा राखिरहेका छौं, चौधरीले भन्नुभयो,–‘अब आगामी बजेटमा उहाँहरुको लागि विशेष कार्यक्रम ल्याउन समेत गाउपालिका प्रतिबद्ध छ ।’


संजालका अध्यक्ष प्रकाश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा खड्का, गाउँपालिकाका वडा नं. २ का वडा अध्यक्ष तुलसीराम देवकोटा, ३ का वडा अध्यक्ष पूर्णबहादुर चौधरी, ५ का वडा अध्यक्ष दीपक गौतम ६ का वडा अध्यक्ष टंकबहादुर वली लगायतले बोल्नुभएकोथियो । कार्यक्रमको विषयबस्तुमाथी अधिवक्ता गोमा महराले गर्नुभएकोथियो भने कार्यक्रमको सहजीकरण पत्रकार सन्तोष दहितले गर्नुभएकोथियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित