टेक्सास थारु समाज अमेरिकाको अध्यक्षमा राम चौधरी निर्वाचित भएकाछन् । समाजको दोस्रो साधारण सभाबाट चौधरी निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै सस्थाको सस्थाको वरिष्ठ उपाध्यक्ष शशी कपुर चौधरी, उपाध्यक्षमा मनिषा चौधरी र महासचिवमा नेत्र सागर चौधरी निर्वाचित भएका हुन् ।
यस्तै सस्थाको कार्यकारी सदस्य दिनेश चौधरी, सन्तोष चौधरी, महिला संयोजक जुनु दहित निर्वाचत भएको सस्थाको महासचिवमा नव निर्वाचित नेत्रसागर चौधरीले जानकारी दिए ।
यस्तै सस्थाले सचिब, कोषाध्यक्ष र थप सदस्यहरुलाई मनोनीत गरि सस्थालाई पूर्णता दिने तयारी रहेको निर्वाचन समितिका सयोंजक सुशील चौधरी र सदस्य बिजय सरदारले जानकारी दिएकाछन् ।