टीकापुर आन्दोलन संस्मरणमा आन्दोलनमा मिडियाको निष्पक्षताको विषयमा बहस हुँदै

काठमाण्डौ, ५ साउन । थारु पत्रकार संघ नेपाल र ख्याल बगालको संयुक्त आयोजनामा भर्चुअल मार्फत टीकापुर आन्दोलन संस्मरण–२०७७ कार्यक्रम अन्तर्गत आज आन्दोलनमा मिडियाको निष्पक्षता विषयमा बहस हुने भएको छ ।

टिकापुर आन्दोलन संस्मरणको दोस्रो दिन आज आन्दोलनमा मिडियाको निष्पक्षताको विषयमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, लेखक एवं विश्लेषक चन्द्रकिशोर, वरिष्ठ पत्रकार कृष्णराज सर्वहारी, कान्तिपुर दैनिकका समाचारदाता गणेश चौधरीसंग बहस हुने छ भने कार्यक्रमको सहजीकरण पत्रकार ठाकुरसिंह थारुले गर्ने कार्यक्रम रहेको थारु पत्रकार संघ नेपालका अध्यक्ष सन्तोष दहितले जानकारी दिए ।

विहिबारदेखि सूरु भएको टिकापुर आन्दोलन संस्मरण–२०७७ कार्यक्रम विभिन्न फेसकुब पेजबाट पनि प्रत्यक्ष प्रशारण भइरहेको छ । दंगीशरण खबर, ख्याल बगाल, थारु कम्यूनिटी पेज, थारुवान डटकम, आपन थारु समुदाय, थारु युनिटी, पहुरा डटकम, केरेनी न्यूज डटकम, तराई नेपाल, थरुहट डटकमबाट प्रत्यक्ष प्रशारण भइरहेको ख्याल बगालका महासचिव एवं कार्यक्रम संयोजक प्रणव आकाशले जानकारी दिए ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित