प्रदेश मन्त्री चौधरीको वडामा एमाले विजयी

लुम्विनी प्रदेशका ग्रामिण तथा पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीको वडामा एमाले विजयी भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दुजमान भण्डारी (बर्षात) सहित प्यानल विजयी भएको हो । उनि गठबन्धतर्फबाट नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार बनेका लोकराज डाँगीलाई ६७ मतले पछाडि पार्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन । भाण्डारीले दुइ हजार १२३ मत पाएकाथिए । उनको निकटम प्रतिस्पर्धी काँग्रेस डाँगीले दुइ हजार ५६ मत पाएकाथिए ।

नेपाली काँग्रेसका प्रभावशाली नेताका रुपमा चिनिएका प्रदेश मन्त्री चौधरीको वडामा एमाले विजयी भएपछि नेपाली काँग्रेका नेता कार्यकर्ताहरुले उनको आलोचना गरिरहेकाछन् ।

मन्त्री चौधरीका विश्वास पात्र मानिने डा. नहकुल केसीले सामाजिक संजाल मार्फत आफ्नै पार्टीका उम्मेदवारलाई हराउने निकृष्ट कार्य भएको बताएकाछन् । उनले चौधरीको नाम उल्लोख नगरेपनि उनैलाई नै इंगित गर्दै आफ्नो फेसबुकको वालमा लेखेकाछन,-‘आफ्नै पार्टीमा उम्मेदवारलाई हराउने निकृष्ट कार्य हो । यो राजनीतिक संस्कार होइन, वार्ड नं। ६ ।’ मन्त्री चौधरी शेरबहादुर देउवाका विश्वास पात्र हुन ।

देउवाले चौधरीलाई थारु समुदायको तर्फबाट दाहिने हातको रुपमा लिने गरेका काँग्रेका नेताहरुले बताउने गरेकाछन् । २०७४ को प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनमा सवै ठाउँ हार्दा चौधरी क्षेत्र नं. ३ को (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित