शिक्षण सिकाई सम्बन्धी एक दिने कार्याशाला गोष्ठि

सागर खनाल

दंगीशरण । ‘निशुल्क गुणस्तरिय सार्बजनिक शिक्षा सम्भब छ’ भन्ने मुल नाराका साथ स्थानिय सरकारद्वारा बालबालिकाहरुको सिकाई निरन्तरताको लागी गरिएको अभ्यास बिषयक एक दिने कार्यशाला गोष्ठी दाङको दंगीशरण गाउँपलिकामा सम्पन्न भएको छ ।

कार्यक्रममा माहामारिको समयमा शिक्षण सिकाईलाई कसरी निरन्ंतरता दिन सकिन्छ भन्ने विषयमा ल्ऋभ् दाङका संयोजक रुपलाल चौधरीले प्रकाश पारेकाथिए । शिक्षण सिकाईको अभ्यास, यसका सबल पक्ष, चुनौती र अबसरहरु तथा नयाँ बैकल्पिक उपायहरुको बारेमा बताएकाथिए । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले बैकल्पिक शिक्षण सिकाईलाई अबलम्बन गर्दै गाउँबस्तिमा स्तरिय सिकाई केन्द्र स्थापना गरि शिक्षण सिकाईलाई निरन्तरता दिने प्रतिबद्धता गरेकाथिए ।

दंगीशरण पालिकाक अध्यक्ष भागीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा दंगीशरण गाउँपलिकाका कार्यकारी प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल लगायतले बोलेकाथिए । कार्यक्रममा दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकाका सामाजिक बिकाश संयोजकहरु, शिक्षा अधिकृत लगायत २५ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण दंगीशरण गाउँपालिकाका शिक्षा अधिकृत बिनोद अधिकारी गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित