भारतले कव्जा गरेको नेपाली भुमिमा अनेरास्ववियूले फहरायो राष्ट्रिय झन्डा (फोटो फिचर सहित)


इलाम, १ मंसिर । सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्वबियूले भारतले कब्जा गरेको नेपाली भुमिमा नेपाली झण्डा फहराएको छ । यो खवर जनता टाइमस लगायत विभिन्न मिडियिामा प्रकाशन भएको छ । इलामको सन्दकपुर गाउँपालिका वडा नं ४ मा भारतले अतिक्रमण गरेको भुमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले भारतीय सिमा सुरक्षा वल (एसएसब) संग प्रतिकार गरी आज नेपालको राष्ट्रिय झन्डा फहराएको हो ।

केही समय अगाडि गाँउपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलाई निर्माण अवरूद्ध गरी भारतले कव्जा गरेको थियोे । सो कव्जा गरेको जमिनमा अनेरास्ववियुले नेपालीको राष्ट्रिय झन्डा फहराउन खोज्दा भारतिय सिमा सुरक्षा वल (ककद) ले वल प्रयोग गरेपछि एसएसवी र अनेरास्वविूक कार्यकर्ताबीच सामान्य झडपसमेत भएको थियो ।

झडपमा सिमा सुरक्षा वल (एसएसवी) का एक जवान सामान्य घाइते भएका छन । अखिलका नेता आरसी लामिछानेका अनुसार अनेरास्ववियुका नेता रबिन्द्र सुवेदीको नेतृत्वमा गएको टोलिले भारत द्वारा निसेधित क्षेत्र भनिएर लेखिएको वोर्ड समेत भत्काएर फ्याकिदिएका छन । कव्जा गरिएको जमिनमा राष्ट्रिय झन्डा फहराएपछि विधार्थीहरूले नाराजुलुस गरेका थिए ।( हेर्नुस् फोटो फिचर सहित)

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित