पछाडि परेका समुदायहरुको जिवन स्तरलाई माथि उठाउनमा केन्द्रको महत्वपूर्ण भुमिकाः उप-प्रमुख न्यौपाने


घोराही, ७ कात्तिक । घोराही उपमहनगरपालिकाका उप–प्रमुख सिता न्यौपानेले पछाडि परेका समुदायहरुको जिवन स्तरलाई माथि उठाउनमा ग्रामिण महिला उत्थान केन्द्रले महत्वपूर्ण भुमिका खेलिरहेको बताएकिछिन् । विहिबार घोराहीमा आयोजित ग्रामिण महिला उत्थान केन्द्रको सामाजिक परिक्षण कार्यक्रममा सम्वोधन गर्दै उनले यस्तो कुरा बताएकिहुन् । विशेषगरि केन्द्रले ग्रामिण महिलाहरुलाई सक्षम बनाउदै उनिहरुको आर्थिक उन्नतिको लागि राम्रो काम गरिरहेको बताएकिथिइन् ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी उपप्रमुख न्यौपानेले आर्थिक पारर्दशिता र सुशासनका लागि जनप्रतिनीधिहरुलाई समेत सचेत गराउदै शुसासन र जवाफ देहितामा यो संस्थाले गरेको कामको प्रसंसा गरेकिथिइन । स्थानिय सरोकारवाला, विभिन्न समााजिक संघसस्था, स्थानीय तहसंग समन्वय र सहकार्य गर्नेमा यो संस्था अग्र पंक्तीमा रहेको समेत उलने बताइन् ।


यसैगरि ग्रामिण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीले सस्थाको स्थापना कालदेखि विभिन्न पैरबी कार्यक्रम, शिक्षा, स्वास्थ्य, बालबालिका, महिला, भुमहिनहरुको क्षेत्रमा काम गरेको र गरिरहेको जानकारी गराइकिथिइन् । २५ बर्षको दौरानमा विभिन्न निकायहरुसंग विभिन्न परियोजना संचालन गर्दै यो अवस्थासम्म आइपुगेको बताउदै अहिले दाङ, बाके, बर्दिया, सल्यान लगायत जिल्लामा महिलाहरुको आर्थिक समृद्धिका लागि लघुवृत्त कार्यक्रम समेत संचालन गरिरहेको बताएकिथिइन् ।


यसैगरि समाजिक परिक्षक भुवन चौधरीले ग्रामिण महिला उत्थान केन्द्र गर्दै आएको परियोजना र क्रियाकलापको विषयम १८ पेजको प्रतिवेदन प्रस्तुत गर्दै केन्द्रले शिक्षा, स्वास्थ्य, कृषि, विपद व्यवस्थापन, सुसासन, वातावरण संरक्षण र दीगो विकासमा महत्वपुर्ण योगदान गरेको चर्चा गरेकाथिए । यसैगरि उनले यो सस्थाले ग्रामिण महिलाहरुको जीवत स्तरलाई परिवर्तन गर्नका निमित्त महिलाहरुलाई उद्यमी बनाउन, महिला शसक्तिकरणको कार्य गरेर महिलाहरुलाई सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा सहभागिता बनाउन भुमिका खेलेको बताए । त्यसैगरि सामाजिक परिक्षक पारस गिरीले संस्थाले सामाजिक परिक्षण गर्दा अपानउने आचासंहिताको विषयमा जानकारी गराएकाथिए ।


ग्रामिण महिला उत्थान केन्द्रकी रजनी श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगी, वडा नं. १७ का वडा अध्यक्ष खुशिराम चौधरी, दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, महिला मानवअधिकार रक्षक दाङकी अध्यक्ष हुमा डिसी, स्थानिय सभाका संयोजक मुनाल घिमिरे, पत्रकार छवि पुरी लगायतले बोलेकाथिए । कार्यक्रमको सहजीकरण सस्थाकी पार्वति बस्नेतले गरेकिथिइन्, भने सस्थाको क्रियाकलाको विषयमा सस्थाका कार्यक्रम संयोजक नविन चौधरीले प्रस्तुतिकरण गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित