
ग्रामीण महिला उत्थान केन्द्रको आयोजना, फस्ट माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सहयोग तथा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको समन्वय एवं सहकार्यमा राप्ती गाउँपालिका-४, मौरीघाटका ५० जना महिलाहरूलाई सुपानेट झुल वितरण गरिएको हो ।
तराईका जिल्लामा गर्मीयाम सुरु भएसँगै लामखुट्टेको प्रकोप बढ्ने भएकाले स्थानीय महिलाहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै झुल वितरण गरिएको ग्रामीण महिला उत्थान केन्द्रका अस्मिता चौधरी जानकारी दिनुभयो । झुलको प्रयोगले मलेरिया, डेङ्गु लगायत लामखुट्टेको टोकाइबाट सर्ने विभिन्न रोगबाट बच्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

यसैगरी कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्रका सल्लाहकार तथा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सोगतबीर चौधरी ले ग्रामीण क्षेत्रमा महिलाको स्वास्थ्य तथा सचेतनासँग जोडिएका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले समुदायस्तरमा स्वास्थ्य सुरक्षाका सामग्री वितरण गर्नु सामाजिक उत्तरदायित्वअन्तर्गत महत्वपूर्ण कार्य भएको उल्लेख गर्नुभयो ।
झुल बितरण कार्यक्रममा पार्वती बस्नेत तथा शाखा प्रबन्धक दशरथ चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी दिपा चौधरीले गर्मीको समयमा सुपानेट झुल उपयोगी हुने बताउँदै यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी सहयोगले ग्रामीण समुदायलाई राहत पुग्ने बताउनुभयो ।


