चौधरीको परिवारलाई बिमा रकम हस्तान्तरण

घोराही २१ पुस । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी घोराही शाखाले बिमा रकम हस्तान्तरण गरेको छ । कम्पनीले सोमवार एक कार्यक्रमको आयोजना गरी बिमा वापतको रकम हस्तान्तरण गरेको हो ।

घोराही १५ रतनपुर निवासी सिता प्रसाद चौधरीको साउदीमा कामको शिलशिलामा मृत्यु भएको थियो । चौधरीको परिवारले मृत्यु दावि भुक्तानी गरेपछि कम्पनीका दाङ शाखा प्रवन्धक मोतिलाल भट्राईले उक्त रकम चौधरीको श्रीमती कोहली चौधरीलाई १ लाख ७ हजारको चेक हस्तान्तरण गरेकाथिए ।

चौधरीले २ वर्ष अगाडी आफ्नो एक लाखको जिवन विमा गरेर विदेशिएका थिए । उनले १५ बर्षे विमाको २ किस्ता अर्थात १५ हजार रकम बुझाएकोमा १ लाख विमा वापत र ७ हजार बोनस वापतको रकम प्रदान गरिएकोथियो ।
कार्यक्रममा बोल्दै भट्राईले जीवन विमा काम गर्ने मानिसका लागि अनिवार्य रहेको बताए । बिमा क्षेत्रमा अहिले फराकिलो बनेकाले कमाउने र परिवारको आर्थिक सुदृधीकरणको लागि पनि बिमा अनिवार्य रहेको उनले बताए । कार्यक्रमको सहजीकरण घोराही उपशाखा प्रमुख अमरराज खत्रीले गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित