‘आपन विकास अप्पन्हे कर्ना हो’ गीत सार्वजनिक

आपन विकास अप्पन्हे कर्ना हो
न्याय समनताक लाग लर्ना हो

क्याकर आस हेर्ख बैस्ना हो, यिहाँ
आपन डग्रीक् काँट अप्पन्हे फर्ना हो…..

लामो प्रतिक्षामा रहेका थारु भाषाको जागरण गीतको एक कार्यक्रम विच विमोचन गरिएको छ । वरिष्ठ पत्रकार एवं प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष नारायणप्रसाद शर्माले उक्त गीतको विमोचन गर्नुभएको हो । गीत विमोचन गर्दै शर्माले यो गीतसंगीत आफैमा सकरात्मक सन्देश ल्याउने माध्यम हो । त्यसमा यो गीतले झन थारु समुदायमा मात्र नभई आम समुदायमा जागरण ल्याउने बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका शर्माले पहिला भन्दा अहिले देशमा धेरै परिवर्तन आएको छ, तर जुन समुदाय बर्गमा आउनुपर्ने हो त्यो समुदाय, वर्गमा आउन नसकेको बताउनुभयो । टाठबाठाहरु ती समुदायलाई प्रयोग गरि आफुलाई बदले तर हलो जोत्ने, गोन्द्री बुन्ने गिट्टी कुटनेहरुको अवस्थालाई बदल्न नसकेको बताउनुभयो । ती समुदायको लागि समेत यो गीतले केहि जागरण ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरि कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले गीतको शब्दले समाजमा सकारात्मक सन्देश ल्याउने बताउनुभयो । ‘कुनै पनि काम गर्दा आफैबाट सुरुवाट गर्नुपर्छ भन्ने यो गीतले सन्देश दिएको छ, उहाँले भन्नुभयो,– गीतले भने झै आफ्नो विकास आफैले गर्ने हो, कसैले गरिदेला भनेर हामी नेपालीहरु अरुको आस गर्छाै र हामी पछाडी परेका छाँै भन्छौ ।’ राष्ट्रीय भाव र समाजमा जागरण ल्याउने गीत भएकाले थारु समुदायमा मात्र नभई सिगों समाजलाई जागरुक बनाउनको लागि यो गीतले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकोले अझ यसलाई नेपाली भाषामा उल्था गर्न सकेमा अझै प्रभावकारी हुने अधिकारीले सुझाव समेत दिनुभयो ।

गीत रचनाकार एवं लौव अग्रासन साप्ताहिकका प्रधानसम्पादक केवी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी, नेपाल पत्रकार महासंघ दाङको सचिव भुपेन्द्र वली, नागरिक समाजका पुर्व संयोजक चन्द्रराज पन्त लगायतले शुभकामना व्यक्त व्यक्त गर्नुभएकोथियो । गायक रोशन रत्गैयको स्वागत मन्तव्यबाट सुरु भएका कार्यक्रममा गीतका समिक्षा साहित्यकार माधव चौधरीले गर्नुभएकोथियो भने कार्यक्रमको सहजिकरण अग्रासनको सम्पादक सन्तोष दहितले गर्नुभएकोथियो । साहित्यकार, प्रध्यायपक कुलीवरच चौधरीले रचेको शब्दमा शिशिर योगीले संगितमा रहेको छ भने योगी, गायक रोशन रत्गैया र अनु चौधरीको आवाजमा सुन्न सकिन्छ । उच्च क्वालिटीमा तयार पारिएको गीतको म्युजिक भिडियोको निर्देशन नरेन्द्र चौधरी, एरेन्जर सचिनसिंह, र रेकर्डिस्ट राजाबाबु थारुको रहेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित