सांसद केसीद्धारा कौवाघारी खानेपानी ट्याङ्कीको शिलान्यास

दंगीशरण, १ पुस । प्रतिनीधि सभाका सदस्य हिराचन्द्र केसीले दंगीशरण गाउँपालिका वडा न २ कौवाघारी खानेपानी ट्यांकीको शिलान्यास गरेका छन् । मंगलबार आयोजना गरेको ट्यांकीको शिलान्यास गर्दै केसीले जनताको जिवन संग जोडिएका मुख्य खानेपानी, सिचाईका लागि डिप बोरीङ्, पक्की सडकलाई आफुले मुख्य रुपमा हेर्दै योजना बनाएर अगाडि बढाईसकेको बताए ।

उनले भने –’गोल्टाकुरी अब हिजो जस्तो हुनेछैन, यहाँको भौगोलिक अवस्था सर्गै आम मानीसको जिवन स्तर फेरीने छ ।, हिजो हामीले गरेका प्रतिबद्धता पुरा गरिरहेका छौँ । तपाई हिजो पनि साथ दिनुभयो आज पनि साथ दिनुस वजेट विनीयोजन सबै ठाउँमा क्रमबद्ध रुपम गर्दै जानेछौं ।”

अध्यक्ष भागिराम चौधरीले अबको पाँच बर्षमा दंगीशरण गाउँपालिकाको मुहार फेरिने बताए । ‘केहि दिन अगाडि यहि ठाउँमा सुविधा सम्न्न भएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गर्यों, अहिले खानेपानी ट्याङ्कीको शिलान्यास गरेका छौं, अबको केहि महिनामा एक घर, एक धारा पुर्याउने छौ, उनले भने,-यस १ र २ वडाको समग्र विकासका लागि आफु लागिपरेको बताए ।’ उनले रोटरी कल्वले ल्याएको यो योजनामा आफुले साथ र सहयोग गर्न तत्पर रहेको बताएकाथिए । यस्तै उपाध्यक्ष पिमा खड्काले गाउँपालिकामा खानेपानी र सिचाईको समस्यालाई समाधान गर्न गाउँपालिका लागीपरेको बताईन् । कौवाघारी खानेपानी उपभोक्ता समितीका अध्यक्ष भरत परियारको अध्यक्षता एंव संघिय सांसद हिराचन्द्र केसीको प्रमुख अतीथ्यमा कार्यक्रम भएकोथियो । कार्यपालिका सदस्य कमानसिंह नेपालीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव डिल्ली मल्लले गरेका थिए ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित