नेकपा एमाले घोराहीको १० बुँदे निर्णय

घोराही, १२ कार्तिक । नेकपा एमाले घोराही उपमहानगरको प्रथम बैठकले मुलुकको राजनीतिक, सामाजिक तथा समसामयिक विषयमाथि ध्यानाकर्षण भएको जनाउँदै १० बुँदे निर्णय गरेको छ ।
मंगलबार सम्पन्न पालिका अधिवेशनको समीक्षा गर्दै नेकपा एमाले घोराही नगर कमिटीले वर्तमान राजनीतिक अवस्था र समसामयिक विषयमाथि ध्यानाकर्षण गराउँदै १० बुँदे निर्णय सार्वजनिक गरेको हो ।

अधिवेशनले भुवन चौधरीको अध्यक्षतामा ८५ सदस्यीय नगरकमिटी गठन गरेको छ । जिल्लाका १० वटै पालिकामा सर्वसम्मतिमै पालिकाको संगठनात्मक नेतृत्व चयन गरिएको छ ।

घोराही नगर कमिटी अध्यक्ष भुवन चौधरीको अध्यक्षता तथा नेकपा एमाले जिल्ला सचिव मनोहर बुढाथोकीको प्रमुख आतिथ्यतामा बुधबार एमाले पार्टी कार्यालय भरतपुरमा पत्रकार सम्मेलन गरी वार्षिक कार्ययोजना तय गर्दै समसामयिक विषय तथा वर्तमान राजनीतिक घटना क्रममाथि सत्ता पक्षले गरेको गैर जिम्मेवारपूर्ण कामको भत्र्सना गर्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै विरोध गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले बेमौसमी शरदीय वर्षाका कारण जिल्लामा धानबालीलगायत कृषिमा भएको क्षति प्रति दुख व्यक्त गर्दै अबिलम्ब गरिब किसानको पहिचान गरी क्षतिपूर्तिको लागि केन्द्र र प्रदेश सरकारसँग माग गरेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित