एमाले घोराहीले आज १४ वटा वडामा प्रशिक्षण दिदै

नेकपा एमाले घोराही नगर कमिटिले आसन्न निर्वाचनलाई लक्षित गर्दै आज १४ वटा वडामा प्रशिक्षण आयोजना गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा र प्रदेश सदस्य लागि हुने निर्वाचन लक्षित गरेर १९ वटै वडामा प्रशिक्षण आयोजना गरिएको घोराही नगरकमिटिका अध्यक्ष भुवन चौधरीले जानकारी दिए । उनका अनुसार घोराहीको १९ वटा वडा मध्ये आज १४ वटा वडामा प्रशिक्षण हुने छ । वडा नं. ७, ८, १८ र १९ मा भने विविध कारणले आज स्थगित भएको तर केहिदिनभित्र प्रशिक्षण गरिने उनले बताए ।

प्रशिक्षणको लागि वडा नं. १ मा सुन्दर गौतम, गोपिलाल वली, वडा नं. २ मा नवराज सुवेदी, मदन वली, वडा न.. ३ मा विनोद केसी, भिमबहादुर चौधरी, वडा नं. ४ मा अम्बिका डाँगी, सानुनारायण अधिकारी, वडा नं. ५ मा उद्धव न्यौपाने, मोहन सुनार, वडा नं. ६ मा कुलविर चौधरी, शेरबहादुर केसीलाई खटाएको अध्यक्ष चौधरीले बताए ।

यसैगरी वडा नं. ७ मा श्याम आचार्य, शालिकराम पराजुली, वडा नं. ८ मा दामोदर बस्नेत, वडा नं. ९ मा दुर्गालाल केसी, खिमबहादुर डाँगी, वडा नं. १० मा ज्ञानेन्द्र गौतम, उदय डाँगी, वडा नं. ११ मा रामप्रसाद गौतम, वडा नं. १२ मा टीका बस्नेत, गणेश प्रसाद दहाल, वडा नं. १३ मा सुदर्शन रिजाल, इन्द्र डिसी र भिमबहादुर केसीलाई खटाएको छ ।

त्यसैगरी वडा नं. १४ मा सविन प्रियाशन, इश्वरा रावत, वडा नं. १५ मा नरेश अधिकारी, विमला पौडेल, वडा नं. १६ मा गोकर्ण वली, विनोद अधिकारी, वडा नं. १७ मा नवराज अधिकारी, वडा नं. १८ मा ठाकुर खनाल, बाल चन्द्र गौतम र वडा नं. १९ मा नारायण घर्तीलाई खटाइएको छ ।

प्रशिक्षणमा वडा कमिटिका पदाधिकारी तथा सदस्य, पार्टीका शुभचिन्तक र टोल कमिटिका पदाधिकारी सहभागी हुने छन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित