कबिला बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा भुवन चौधरी

कबिला बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा भुवन चौधरी निर्वाचित भएकाछन् । सस्थाको प्रारम्भिक साधारण सभाबाट चौधरी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै सस्थाको उपाध्यक्षमा प्रमिला चौधरी, सचिवमा रामकुमारी चौधरी, कोषाध्यक्षमा नगेन्द्र चौधरी सर्वसम्मत चयन भएकाछन् । यस्तै सदस्यहरुमा विकास चौधरी, विपिन चौधरी, शोभाकुमारी चौधरी, शान्ताकुमारी चौधरी, मंगला चौधरी, प्रायप्त चौधरी र शंकर चौधरी निर्वाचित भएका हुन ।

यसैगरी सस्थाको सल्लाहकारमा बालकृष्ण चौधरी, चूर्णबहादुर चौधरी, खोपिराम चौधरी, सन्तोष दहित, अशोक चौधरी र नकुल चौधरी मनोनित भएकाछन् । त्यस्तै रबिन चौधरीको संयोजकत्वमा लेखा सुपरिवेक्षण समितिमा गठन गरिएको छ । जसको सदस्यमा उषा चौधरी र नरबहादुर चौधरी रहेका छन् ।

त्यस्तै विकास चौधरीको संयोजकत्वमा ऋण उपसमितिमा गठन गरिएको छ । जस्को सदस्यमा स्यानु चौधरी र शोभाराम चौधरी सदस्य रहेकाछन् । त्यस्तै केबि चौधरीको संयोजकत्वमा शिक्षा उपसमिति गठन गरिएको छ । जसको सदस्यमा भुपेन्द्र चौधरी र तारा चौधरी रहेकाछन् । यस्तै मंगला चौधरीको संयोजकत्वमा खरिद उपसमिति गठन गरिएको छ । जस्को सदस्यमा सुरज चौधरी र प्रभुनाथ चौधरी रहेका छन् ।

सस्थाको अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा तथा जेष्ठ नागरिक नकुल चौधरीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएकोथियो । साधारण सभामा सस्थाका कोषाध्यक्ष निमबहादुर चौधरीले आर्थिक प्रतिवेदन पेश गरेकाथिए भने अध्यक्ष चौधरीले प्रारम्भिक प्रगति प्रतिवेदन पेश गरेका थिए ।

थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरी, थारु अगुवा बालकृष्ण चौधरी, केवि चौधरी, सहकारी विज्ञ होमलाल भुषाल, पत्रकार सन्तोष दहित लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजिकरण सस्थाकी सचिव रामकुमारी चौधरीले गरेकीथिइन ।

गत असोजमा गठन भएको सस्थामा ६९ जना संस्थापक शेयर सदस्य छन् भने साधारण सदस्यहरु १ सय १० जना रहेको सस्थाका अध्यक्ष चौधरीले जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित