भुह्यार थानमा ७० लाखको बहुआयामिक सभाहल बन्दै


तुलसीपुर, २४ पुस । तुलसीपुर ५ जबरपुरमा स्थित नमुना भुइँह्यार थान (ठन्वा) को परिसरमा करिब ७० लाखमा सुविधा सम्पन्न बहुआयामिक सभाहल निर्माण हुने भएको छ । थारुहरुको मौलिक पहिचान झल्किने गरि निर्माण हुन लागेको बहुआयामिक सभाहलको बुधवार शिलान्यास गरिएको छ । नमुना भुह्यार थानको आयोजनामा तथा थारु कल्याणकारिणी सभा क्षेत्र नं. ३ को सहआयोजनामा भएको माघ साँस्कृतिक कार्यक्रममा उक्त सभाहलको संघीय सांसद हिराचन्द्र केसीले सिलान्यास गरेकाथिए ।

स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद हिराचन्द्र केसीले २० लाख बजेट विनियोजन गरेकाछन् भने बाँकी ५० लाखको लागि सहयोगि दाता खोजि रहेको नमुना भुह्यार थानका अध्यक्ष रामशरण चौधरीले जानकारीदिए ।

दुइ बर्षमा सम्पन्न हुने गरि निर्माण हुन लागेको सुविधा सम्पन्न सभाहलमा मिनि थारु संग्रालयह समेत राखिने योजना रहेको अध्यक्ष चौधरीले बताए । उनले भने,-‘यो सभाहल सवैको साझा सभाहल हुनेभएकाले निर्माणमा सहयोग गरिदिन सबैमा आग्रह गर्दछु ।’ सभाहलमा सहयोग गर्नुहुने सहयोगी दाताहरुको नाम शिलालेखमा लेखिने अध्यक्ष चौधरीले जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित