यी हुन् नेपाल र चीनबीच भएका २० बुँदे समझदारी


काठमाडौँ, २६ असोज । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गरेका थिए । वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो ।

वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ।

हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान पनि गरे। प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधारमन्त्रीका साथै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकारसहित नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी तथा राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी, अर्थ सचिव नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत उच्च चिनियाँ अधिकारी सहभागी थिए।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख भएका बुँदाको संक्षिप्त अनुवादस्

१. सीमा व्यवस्थापन प्रणालीको लागि सम्झौता

२. सुशासन क्षमता बृद्धिका लागि समझदारी

३. अपराध सम्बन्धी आपसी कानुनी सहायताको लागि सम्झौता

४. सगरमाथा संरक्षणको लागि समन्वय गर्न समझदारी

५. राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानीका प्रमुख परियोजनाको प्रवर्द्धन र उत्पादनमूलक क्षमतामा समन्वयनको लागि समझदारी।

६. चीनको छेन्दुमा नेपालको कन्सुलेट जेनेरल राख्नको लागि नोट आदानप्रदान।

७. चीन–नेपाल अन्तरदेशीय रेल परियोजनाको सम्भाव्यता अध्ययनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी।

८. काठमाडौं महानगरपालिका र चीनको नानजिङ सिटीबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति।

९. बुटवल उपमहानगरपालिका र चीनको जियाङ सिटीबीच भगिनी सम्बन्ध स्थापनाको सहमति।

१०. परम्परागत औषधि सम्बन्धी सहकार्यको लागि स्वास्थ्य मन्त्रालय र चीनको राष्ट्रिय परम्परागत औषधि प्रशासनबीच समझदारी।

११. विपद् जोखिम न्यूनीकरण र आपत्कालिन सहायताको लागि गृह मन्त्रालय र चीनको आपत्कालिन व्यवस्थापन मन्त्रालयबीच समझदारी।

१२. महान्यायाधीवक्ता कार्यालय र चीनको सुप्रिल पिपुल्स प्रोक्युरेटर्सबीच समझदारी।

१३. त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस हेडक्वार्टरबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस ईन्स्टिच्युट स्थापनाको लागि सम्झौता।

१४. नेपालबाट चीनमा सुन्तलालगायत फलफूल निर्यातको लागि आवश्यक प्रोटोकल

१५. व्यापार सम्बन्धी संयुक्त कार्यदल स्थापनाको लागि उद्योग मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी।

१६. नेपालमा चाइना एड अर्थक्वेक मनिटरिङ नेटवर्क प्रोजेक्टको लागि स्वीकार प्रमाणपत्र।

१७. लगानी समन्वय कार्यदल स्थापनाको लागि अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी।

१८. सुरुङ निर्माण समन्वयको लागि अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास निकायबीच समझदारी।

१९. सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणको लागि पत्र आदानप्रदान।

२०. काठमाडौं उपत्यकाको पानी वितरण सुधार परियोजनाको बैठकको माइन्युट।

कान्तिपुरबाट

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित