दंगिशरण ५, मा ३० जनाले गरे रक्तदान

घोराही, ७ जेठ । लकडाउन पछि दाङमा रगत अभावहुदा दंगीशरण गाउँपालिकमा रक्तदान गर्ने अभियान चलाइएकाे छ । जिल्लामा रगत अभाव हुन नदिनको लागि वुधबार दंगीशरण गाउँपालिका ५ मा एक कार्यक्रम आयोजना गरेर रक्तदान गरिएको हो ।

नमुना युवा संसद दगीशरणकाे पहलमा भएकाे रक्तदान कार्यक्रम ५ नं. का वडा अध्यक्ष दिपक गौतम, जिल्ला युवा समिति दाङका अध्यक्ष सुरेश कुमार रावत, अस्थायी प्रहरी कार्यालय बालापुरका प्रमुख कमल थापा लगायत ३० जनाले रक्तदान गरेको युवा संसदका युवा प्रधानमन्त्री सि.एम विश्वकर्माले दंगीशरण खबर डटकमलाई जानकारी दिए ।

उनका अनुसार प्रेम प्रकाश चौधरी,कमल वलि,बेल प्रसाद वलि, बालकृष्ण भण्डारी, प्रविन चौधरी, प्रलाद चौधरी, गोपिराम कुसुम, वसन्त केसी ,सन्दिप आचार्य, रमेश चौधरी, मनोज चौधरी, सुमन चौधरी, पुष्कर हमाल, उमा बस्नेत, वसन्त गौतम, ठाकुर प्रसाद भण्डारी ,रचना बस्नेत, कृष्ण चौधरी ,भरत बहादुर वलि, बुधनी चौधरी , बिनोद चौधरी, प्रविण योगी, सीता गिरी, प्रविण शर्मा, निम बहादुर वली, प्रकाश चलाउने, कुलराज वली लगायतले रक्तदान गरेकाथिए ।

प्रदेश सभा सदस्य विमला वली, गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको उपस्थितिमा भएको रक्तदान कार्यmम गरिएकोथियो । दंगीशरणमा यस अघि २६ जनाले पनि रक्तदान गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित