पश्चिम दाङ नेकपामय बन्दै, बिमलाको पक्षमा स्वस्फूर्त रुपमा स्थानियहरु घरदैलोमा (फोटो फिचर सहित)


दंगीरणरण, २५ कार्तिक । पश्चिम दाङमा अहिले उपनिर्वाचनको माहोल तात्तिदै गएको छ । दाङ क्षेत्र नं. ३ (ख) को सांसद उत्तर कुमार वलीको सडक दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको ठाउँमा यहि मंसिर १४ गते उपनिर्वाचन हुन गइरहेको छ । रिक्त रहेको ठाउँमा नेकपाबाट विमला वली, नेपाली काँग्रेसबाट केशब आचार्य लगायत १४ जनाले उम्मेदवारी दिएसंगै आ–आफ्नो पक्षमा माहोल बनाउनका लागि सवै उम्मेदवारहरु अहिले गाउँ गाउँमा चुनावी सभा तथा घरदैलो अभियानलाई तिब्र बनाएकाछन् ।


यदपी त्यस क्षेत्रमा नेकपाका उम्मेदवार विमला वलीलाई जिताउनका लागि नेकपाको नेता कार्यकर्ता मात्र नभई स्थानियहरु स्वस्फूर्त रुपमा लागि परेकोे स्थानिय कमल आचार्यले बताए । उनकाअनुसार अहिले पश्चिम दाङ नेकपामय बनेको छ । गाउँदेखि शहर र शहरदेखि टोल–टोलसम्म स्थानियहरु स्वस्फूर्त रुपमा प्रचारप्रसारमा लागिपरेकाछन् । उनले भने,–‘तपाई अहिले गाउँ पस्नुस् जताततै नेकपामय देख्नुहुन्छ, नेता कार्यकर्ता, किसान, मजदुर, युवा, महिला तथा जेष्ठ नागरिकहरु विमला वलीकै चर्चा गर्नुहुन्छ, त्यतिमात्र नभई चियापसल देखि चोकचोकमा विमला वलीलाई जिताउनका लागि अभियान बनाइरहेकाछन् ।’


स्वर्गिय उत्तर कुमार वलीको सपना पुरा गर्नका निमित्त हामीले उहाँको जिवनसंगिनी विमला वलीलाई जिताउनका लागि लागिपरेको दंगिशरण गाउँपालिका वडा नं. ३ का खुशीराम चौधरीले बताए । उनले भने,– ‘स्वर्गिय उत्तर कुमार वली नेकपाको नेता भएपनि उहाँ कहिले पनि यो पार्टी त्यो पार्टी भनेर लाग्नुभएन्, जहिले पनि सवैको पक्षममा काम गर्ने र सवैको कुरा सुन्ने भएकोले यहाँका जनता उहाँप्रति सधै सम्मान गर्नुहुन्थ्यो र गर्छाै तसर्थ उहाँले चालेको कदम र यस क्षेत्रको लागि उहाँले बनाएको योजनालाई सार्थकता दिनका लागि यसपटक हामी उहाँकै जिवनसंगिनी विमला वलीलाई जिताउनका लागि हाम्रो वडामा मतदान गर्ने निर्णय गरिसेकोछौंं ।’


‘म कुनै पार्टीको कार्यकर्ता पनि होइन तर पनि उत्तरदाईले हाम्रो गाउँ, ठाउँ र क्षेत्रमा गरेको विकासको गुण तिर्नलाई पनि उहाँको जिवनसंगनी विमला वलीलाई जिताउनका लागि सुर्यको झण्डा बोकेर प्रचारप्रसारमा लागेको छु, उनले भने,- म मात्र होइन म जस्तै सयौं युवा, महिलाहरु स्वस्फूर्त रुपमा लागिपर्नुभएको छ ।’ (तस्विर हेर्नुस्)

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित