भारतमा मृत्यु भएका दाङेका कोरोना संक्रमितको शव कुइरेपानी जंगलमा गाडियो

घोराही, २६ जेठ । कोरोना संक्रमणका कारण भारतमा मृत्यु भएका व्यक्तिको शवलाई घोराहीको कुईरेपानीको जंगलमा गाडिएको छ । शवलाई घोराहीमा रहेको रिपुमर्दन गणको तालिम प्राप्त टोलीले कार्यविधि अनुसार आइतवार राती १२ बजेतिर खाडल खनेर गाडेको हो ।

मृतकको शव व्यवस्थापन गर्नका लागि स्काभेटरले खाडल खनेको थियो । रोजगारीको सिलसिलामा भारतको दिल्ली गएको समयमा घोराही उपमहानगरपालिका–१८ अम्वापुर निवासी करिव ४० वर्षीय व्यक्तिमा कोरोनाको संक्रमणका कारण चार दिन पहिले मृत्यु भएको थियो ।

दिल्लीमा मृत्यु भएका ती व्यक्तिको शव दाङ ल्याइएको थियो । ती व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको हुन सक्ने आशकामा दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परिक्षण गर्दा कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो । उनी मजदुरीको सिलसिलामा भारतमा पुगेको र प्रेसर तथा दमको बिरामी भएको आफन्तले बताएका छन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित