आईतबार तुलसीपुर क्षेत्रका विद्यालय बन्द रहने

१३ भदौ।
आईतबार तुलसीपुर क्षेत्रका सम्पूर्ण विद्यालयहरु बन्द हुने भएका छन् । पश्चिम नेपालको थारू समुदायको दोस्रो ठूलो पर्व ‘अट्वारी’को अवसरमा निजी तथा सामुदायीक विद्यालय बन्द हुने भएका हुन् ।

वार्षिक विदा कटौती गरि आईतबार विद्यालय बन्द गर्ने निर्णय भएको तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले जानकारी दिएको छ ।

थारू समुदायमा कृष्ण अष्टिम्की पछिको दोस्रो आईतवार अथवा कुश अमाँवस कुशे औंशी पछिको पहिलो आईतबारलाई अट्वारी मान्ने चलन छ । यस पर्वमा भेवाँ (भिम)को पूजा गर्ने गर्दछन् ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित