प्रचण्डले दिए थारुहरुलाई आश्वासन्,-‘केहिदिनमा टीकापुर घट्नाको मुद्दा फिर्ता हुन्छ’


काठमाडौं, ६ असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीकापुर घटनाका मुद्दा फिर्ता लिने बारे छलफल भइरहेको बताएकाछन् । आइतबार सुनसरीमा आयोजित जितिया पर्व कार्यक्रममलाई सम्बोधन गर्दै प्रचण्डले रेशम चौधरी लगायत टीकापुर घट्नाको मुद्दा फिर्ता लिने विषयमा छलफल र प्रक्रिया बढिरहेको जानकारी दिए । यो विषयमा अस्ति भर्खरै बालुवाटारमा छलफल गर्यौं र सवै झुठा मुद्दाहरु खारेज गर्नका लागि सैद्धान्तिक निर्णय समेत गरिसकेका छौं, प्रचण्डले भने,-‘सम्भब त यि झुठा मुद्दाहरु छिट्टै खारेज हुने छ, र रेशम चौधरी लगायत जेलमा रहेका सवै बन्दीहरु मुक्त हुनुहुने छ ।’ जनताको मतबाट जितेका माननीयहरूलाई स(सम्मान ल्याउने वातावरण बन्छ भन्ने मेरो विश्वास पनि तपाईंहरूको अगाडि राख्न चाहन्छु,’ प्रचण्डले भने।’

थरुहटको शान्तिपुर्ण आन्दोलन २०७२ भदौ ७ गते टीकापुरमा एक्कासी हिंसात्मक बन्दा १ नाबालक सहित नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी ज्यान गएको थियो। सोही मुद्दामा रेशम चौधरीसहित ५८ जना विरूद्ध अदालतमा मुद्दा परेको थियो। कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै सांसद चौधरीलाई जन्मकैदको सजाय तोकेको छ भने न्यायाधीश परशुराम भट्टराईको इजलासले चौधरीसहित ११ जनालाई जन्मकैद, १२ जनालाई ३ वर्ष, एक जनालाई ६ महिना र तीन जनालाई सफाई हुने फैसला गरेको हो।
पुर्पक्षका लागि जेलमै रहँदा रेशम चौधरीले २०७४ को प्रतिनिधि सभा चुनावमा वारेशमार्फत उम्मेदवारी दिएका थिए। उनी कैलाली १ बाट दुइतिहाइ मत ल्याएर सांसद निर्वाचित भएका थिए।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित