प्रचण्डले दिए थारुहरुलाई आश्वासन्,-‘केहिदिनमा टीकापुर घट्नाको मुद्दा फिर्ता हुन्छ’


काठमाडौं, ६ असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीकापुर घटनाका मुद्दा फिर्ता लिने बारे छलफल भइरहेको बताएकाछन् । आइतबार सुनसरीमा आयोजित जितिया पर्व कार्यक्रममलाई सम्बोधन गर्दै प्रचण्डले रेशम चौधरी लगायत टीकापुर घट्नाको मुद्दा फिर्ता लिने विषयमा छलफल र प्रक्रिया बढिरहेको जानकारी दिए । यो विषयमा अस्ति भर्खरै बालुवाटारमा छलफल गर्यौं र सवै झुठा मुद्दाहरु खारेज गर्नका लागि सैद्धान्तिक निर्णय समेत गरिसकेका छौं, प्रचण्डले भने,-‘सम्भब त यि झुठा मुद्दाहरु छिट्टै खारेज हुने छ, र रेशम चौधरी लगायत जेलमा रहेका सवै बन्दीहरु मुक्त हुनुहुने छ ।’ जनताको मतबाट जितेका माननीयहरूलाई स(सम्मान ल्याउने वातावरण बन्छ भन्ने मेरो विश्वास पनि तपाईंहरूको अगाडि राख्न चाहन्छु,’ प्रचण्डले भने।’

थरुहटको शान्तिपुर्ण आन्दोलन २०७२ भदौ ७ गते टीकापुरमा एक्कासी हिंसात्मक बन्दा १ नाबालक सहित नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी ज्यान गएको थियो। सोही मुद्दामा रेशम चौधरीसहित ५८ जना विरूद्ध अदालतमा मुद्दा परेको थियो। कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै सांसद चौधरीलाई जन्मकैदको सजाय तोकेको छ भने न्यायाधीश परशुराम भट्टराईको इजलासले चौधरीसहित ११ जनालाई जन्मकैद, १२ जनालाई ३ वर्ष, एक जनालाई ६ महिना र तीन जनालाई सफाई हुने फैसला गरेको हो।
पुर्पक्षका लागि जेलमै रहँदा रेशम चौधरीले २०७४ को प्रतिनिधि सभा चुनावमा वारेशमार्फत उम्मेदवारी दिएका थिए। उनी कैलाली १ बाट दुइतिहाइ मत ल्याएर सांसद निर्वाचित भएका थिए।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित