प्रदेश सभा सदस्य विमलाले लिइन् सपथ ग्रहण

घोराही, १८ मंसिर । हालै दाङ क्षेत्र नं. ३ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित बिमला वलीले सपथ ग्रहण गरेकी छन् । बुधबार प्रदेश सभाको सचिवालयमा एक कार्यक्रमविच पाँच नं. प्रदेशका सभामुख पुर्णबहादुर घर्तीले वलीलाई पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।

यहि मंसिर १४ गते भएको उपनिर्वाचनमा दाङ क्षेत्र नं. ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट वलीले अत्याधिक मत ल्याइ विजयी भएकी थिइन । सपथ ग्रहण पश्चात् पत्रकारहरूसँग कुरा गर्दै वलीले अबको जीवन राजनीतिमा बिताउने बताउदै दिंवगत श्रीमान उत्तर कुमार वलीले जनतासामु गरेका बाचा पूरा गर्नका निमित्त सधैं जनताको सेवा लाग्ने बताएकि थिइन ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित