पाँच वर्षभित्र मुलुकको आर्थिक वृद्धिदर दोब्बर हुन्छः मुख्यमन्त्री पोख्रेल

गोकर्ण पौडेल
दाङ, मंसिर १० । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पाँच वर्षभित्र मुलुकको आर्थिक वृद्धिदर दोब्बरले बढ्ने बताएकाछन् । पश्चिम दाङको हापुरेमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले यस्तो कुरा बताएकाहुन । उनलेभने, तीन वर्षभित्र आर्थिक वृद्धिदर दोब्बरले बृद्धि गर्ने गरी मुलुकका तीनवटै सरकार अगाडि बढेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले आजसम्मकै सबैभन्दा बढी आर्थिक बृद्धिदरको लक्ष्य हासिल गरेको भन्दै मुख्यमन्त्री पोख्रेलले पाँच वर्षपछि दक्षिण एसियालाई नै चकित पार्ने गरी आर्थिक बृद्धिदर हुने छ ।


सरकारका गतिविधिप्रति प्रतिपक्ष दलले नकारात्मक टिप्पणी गर्न थालेको भन्दै मुख्यमन्त्री पोख्रेलले सरकारको प्रगति हेर्न अब ३ वर्ष कुर्न आग्रह उनले आग्रह गरे । ‘हामीले जुन अवस्थामा काम सुरु गरेका थियौं, मुख्यमन्त्री पोख्रेलले भने, त्यो अवस्था भनेको संघीयता कार्यान्वयनका लागि विलकुलै नयाँ अभ्यास थियो । यस्तो अवस्थामा पनि हामीले ७ दशमलव १ प्रतिशत आर्थिक बृद्धि ग¥यौं’, सरकारले केही गरेन भनेर टिकाटिप्पणी गर्ने प्रतिपक्ष दल कांग्रेसका मित्रहरु अब ३ वर्ष कुर्नुहोस् ।

नेकपा स्थायी कमिटी सदस्य समेत रहनुभएका पोख्रेलले पश्चिम दाङको विकासका लागि वर्तमान समय स्वर्णकालका रुपमा रहेको बताए । ‘नेपाली कांग्रेसको नेतृत्व सरकार रहँदा पश्चिमी दाङका सडकहरु हिजो धुलाम्य थिए । आज कालोपत्रे बन्दैछन्, बैकल्पिक सडकका रुपमा दामोदर मार्ग बन्दैछन्’, मुख्यमन्त्री पोख्रेलले भने, ‘अब तीन वर्षपछि यहाँको रुप नै बदलिन्छ ।’

पश्चिम दाङको विकासका लागि प्रदेश सांसद उत्तरकुमार वली सदैव लदागिपरेको भन्दै मुख्यमन्त्री पोख्रेलले यहाँको भविष्य कोर्ने जिम्मेवारी अब नेकपाका उम्मेदवार विमला वलीको काँधमा आएको बताउदै वर्तमान सरकारले जेष्ठ नागरिकको सम्मानका लागि योजना बनाइरहेको छ, अब पाँच वर्षभित्र जेष्ठ नागरिकको भत्ता पाँच हजार बनाउने उनले उद्घोष गरे । पश्चिमी क्षेत्रमा खोलाले समस्या दिएको स्थानमा तटबन्धनका कार्यक्रम अघि बढाइएको बताए । पश्चिमी क्षेत्रका जनतालाई नेपालगञ्जसम्मको सीधा सम्पर्क बढाउने सडकको काम अघि बढाएको भन्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारको नेतृत्वमा उक्त सडक कालोपत्रे गरिने बताए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित