स्वास्थ्यकर्मी लिएर नगरप्रमुख चौधरी जेष्ठ नागरिकहरुको घरदैलोमा (फोटो फिचर सहित)


घोराही, १८ पुस । पुसको पहिलो सातादेखि घोराही उपमहनगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी स्वास्थ्यकर्मी लिएर जेष्ठ नागरिकहरु खोज्दै घरदैलो अभियान चलाएकाछन् । जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थाको जानकारी लिनुको साथै उनिहरुको उपचारको लागि उपमहनगरपालिका भित्रका सवै जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गर्न यो बर्ष देखि घोराही उपमहागरपालिकाले बार्षिक नीति कार्यक्रममै राखेर यो अभियान चलाएरहेको छ । सोहि अभियान अन्तर्गत नगरप्रमुख चौधरी सहित स्वास्थ्यकर्मीहरु जेष्ठ नागरिकहरुको घरघरमा पुगेर बढि विरामीहरुलाई औषधि दिने र कम विरामीहरुलाई स्वास्थ्य सम्वन्धी परामर्श दिने गरेकाछन् । ‘जेष्ठ नागरिकहरु स्वभाविक रुपमा अशक्त हुन्छन्, जस्ले गर्दा उहाँहरु समयमा स्वास्थ्य संस्थामा पुग्न सक्नुहुन्न नगरप्रमुख चौधरीले भने,-‘जो स्वास्थ्य संस्थामा पुग्नसक्नुहुन्न उहाँहरुको स्वास्थ्यमा समस्या आउननदिनको लागि घोराही उपमहानगरपालिकाले यो अभियान चलाएको हो ।’ घोराही उपमहानगरपालिकाले १९ वटै वडामा यो अभिायन चलाइरहेको जानकारी गराउदै नगरप्रमुख चौधरीले पहिलो चरणमा करिब सवै वडाका जेष्ठ नागरिहरुको घरघरमा पुगेर स्वास्थ्य जाँच संगै स्वास्थ्य सम्वन्धि परामर्श दिने काम भएको छ, उनले भने, -‘यो अभियानलाई अब हरेक महिनामा निरन्तरता दिनेछौं ।’ (हेर्नुस् तस्विर सहित)

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित