सलह बेचेर बुटवलका अच्युत र सविनाले पाए १७० रुपैयाँ

शनिबार नेपालमा सलह प्रवेश गरेपछि प्रदेश ५ सरकारले भनेको थियो, ‘यो किरा टिपेर ल्याउनुस्, किलोको २० रुपैयाँ नगद प्रोत्साहन दिन्छौं ।’

नभन्दै आइतबार सलह बोकेर दुई बालबालिका बुटवल उपहानगरपालिकाको वडा नम्बर ४ को कार्यालयमा पुगे ।

लक्ष्मीनगरका अच्युत न्यौपानेले बोरामा उठाएर ल्याएको सलह ५ किलो र सविना थारुले प्लास्टिकको झोलामा हालेर ल्याएको सलह साढे ३ किलो रहेछ ।

बुटवल–४ का वडाध्यक्ष टंकप्रसाद पराजुली भन्छन्, ‘पानी परेपछि रुखमा बास बसेका सलह भुइँभरि खसेको थियो, बढारेर थुप्रो लगाउन सकिन्थ्यो । केटाकेटीहरूले टिपेर ल्याएका रहेछन् ।’ पराजुलीले अच्युत र सविनाले ल्याएको सलह किनिदिनु भनेर सिफारिस बनाएर उपमहानगरपालिकाको कार्यालयमा पठाए ।

वडाको सिफारिसअनुसार न्यौपानेलाई १०० रुपैयाँ र थारुलाई ७० रुपैयाँ दिएको उपमहानगरका वरिष्ठ अधिकृत तथा आर्थिक विकास महाशाखा प्रमुख भुवाप्रसाद लुइँटेलले जानकारी दिए । सलह भने कुखुरापालक किसानलाई दिइएको छ ।

वडा नम्बर ४ का वडाध्यक्ष पराजुलीका अनुसार जम्मा भएको सलह  सय रुपैयाँ किलोका दरले किन्छौं भन्दै केही व्यक्तिले सम्पर्क समेत गरेका थिए । ‘मासु खानेहरुले किलोको सय रुपैयाँसम्म दिन्छु भन्दै मागेका थिए’ उनले भने ।

अनलाइन खबरबाट

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित