दंगीशरणमा एकमहिना देखि कार्यालय प्रमुख विहिन, सेवाग्राही मर्कामा

दाङको दंगीशरण गाउँपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकामामा आउने सेवाग्राहीहरु मर्कामा परेकाछन् ।

प्रमुख प्रशासकीय अधिकृत निमप्रसाद भट्टराई सरुवा भएर गएपछि पालिकामा आउने दिनहँु सयौं सेवाग्राहीहरु फर्केर जानुपरेको एक कर्मचारीले बताए । टाढा टाढा गाउँदेखि सेवाग्राहीहरु पालिकामा आउछन्, तर प्रमुख प्रशासकीय अधिकृत नहुदा उहाँहरु फर्केर जानुहुन्छ, उनले भने ।

लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नहुदा सामाजिक सुरक्षा भत्तादेखि कार्यालयको दैनिक गतिविधिका कामकार्वाहीमा समेत प्रभावित भएको दंगीशरण गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष सुकलाल चौधरीले बताए । ‘हामी आएदेखि तीन जना कार्यालय प्रमुख फेरिए, उनले भने, के कति कारणले प्रमुख फेरिन्छन्, मलाई समेत थाहा छैन ।’ यसरी मनपरी कार्यालय प्रमुख सरुवा हुदा पालिकाको कामकार्वाहीमा प्रभावित हुने गरेको वडा अध्यक्ष चौधरीले बताए ।

उनका अनुसार नयाँ जनप्रतिनीधि आएदेखि तीन जना प्रमुख प्रशासकीय अधिकृत फेरिएकाछन् । प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर वलीको सरुवा भएपछि अम्मबर बहादुर वली कार्यालयम हाजिर भएकाथिए । उनि करिब एक वर्ष जसोतसो काम गरे र सरुवा भए । त्यसपछि निमप्रसाद भट्राई आए । तर, उनि पनि ७ महिनामा सरुवा भए । भट्राइको सरुवा भएपछि अहिलेसम्म कार्यालय प्रमुख विहिन भएको हो ।

यस्तै कार्यालय प्रमुख नहुदा पालिकाकाका कामकार्वाहीमा प्रभावित भएपनि निमित्त प्रमुख मार्फत काम चलाउ गरिरहेको दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले बताए । यदपी पालिकामा आउने सेवाग्राहीहरुको समस्यालाई समाधान गर्नको लागि आफुले नयाँ प्रमुख प्रशासकीय अधिकृत ल्याउने पहल गरिरहेको वताए । ‘यहाँको सेवाग्राहीको समस्या भनेको मेरो समस्या हो, अध्यक्ष गिरीले भने, यसको समस्या समाधान म पहल गरिरहेको छु, सम्भत एक दुइ साता भित्रमा समाधान हुन्छ ।’

 

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित