तुलसीपुर उपमहानगरको मेयरमा टीकाराम ३८९ मतले अगाडि

उपमेयरमा पनि एमालेकी स्यानी चौधरी २४७७ मतले अगाडि

तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवारले अग्रता कायमै राखेका छन्।

२९ हजार ७५७ मत गणना गर्दा एमालेका मेयरका उम्मेदवार टीकाराम खड्काले गठबन्धनतर्फबाट नेपाली कांग्रेसको उम्मेदवार गेहेन्द्र गिरीलाई ३८९ मत पछाडि पारेका छन्। खड्काले १२ हजार ४२९ मत र गिरीले १२ हजार ४० मत प्राप्त गरेका छन्।

यसैगरी उपमेयरमा शुरुआतदेखि नै अग्रस्थानमा रहेका एमालेकी स्यानी चौधरी मतान्तर बढाउँदै लगेकी छन्। चौधरीले चौधरीले ११ हजार ६६७  मत र गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का जोगबहादुर रानाले नाै हजार १९०  मत प्राप्त गरेका छन्। तुलसीपुर उपमहानगरमा ७४ हजार ३९३ मत खसेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित