दाङमा थप ५६ जनामा कोरोना, संक्रमितको संख्या २ सय ४२ पुग्यो

दाङमा १० महिला सहित ५६ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ । यो संगै दाङमा संक्रमितको संख्या दुईसय ४२ पुगेको छ ।


मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङको ५६ र सल्यानको एकजना सहित ५७ जनामा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

दाङकोे ५६ मध्ये घोराही उपमहानगरपालिका वडा नंं ४ मा ४७ जना रहेको प्रतिष्ठानका का.मु. रजिष्टर कैशाल प्रसाद देवले जानकारी दिए । उनका अनुसार घोराही–११ मा ३ जना, घोरराही १२ मा ४ जना र घोराही–१५ मा १ जना रहेका छन् । त्यसैगरि राजपुर गाउँपालिका वडा नं. ३ मा १ जना रहेकाछन् । मंगलबार थएिका संक्रमितको उमेर ३ बर्ष देखि ५१ बर्षका समुहका रहेकाछन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित