दाङकी चौधरीले बनाइन्, साम्पाङको उत्कृष्ट स्केच

हर्क साम्पाङ

दाङकी सलिना चौधरीले हर्क साम्पाङको उत्कृष्ट स्केच बनाएकी छिन् । धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर साम्पाङको उत्कृष्ट स्केच बनाएर चर्चामा आएकीछन् ।

त्रिभुवन विश्वविद्यालय पूर्वाञ्चल क्याम्पस धरानमा आर्किटेक्चर इन्जिनियरिङकी छात्रा समेत रहेकी सलिना चौधरीले साम्पाङको उत्कृष्ट स्केच निर्माण गरेकी हुन् ।

क्याम्पस प्रशासनले एक कार्यक्रममा मेयर साम्पाङलाई निमन्त्रणा गर्ने र कार्यक्रममा मायाको चिनो स्वरुप उनकै स्केच प्रदान गर्ने निर्णय गरेकोथियो । सोहि निर्णय अनुसार साम्पाङको स्केच निर्माण गर्न विद्यार्थीहरुलाई आग्रह गरिएकोथियो ।

‘क्याम्पस प्रशासनमा बुझाएका स्केच मध्ये मैले बनाएका स्केच सर्वोत्कृष्ट छनौट भएको रहेछ- सलिना चौधरीले भनिन्, म असाध्यै खुशी छु, यो मानेमाकी देशमा चर्चामा आएको मान्छेको स्केच बनाएर सर्बाेत्कृष्ट हुनपाउदा ।’

उक्त सर्वोत्कृष्ट स्केच मेयर साम्पाङलाई क्याम्पस परिवारले मायाको चिनोको रुपमा गएको विहिबार प्रदान गरेको थियो।

सलिना चौधरी

सलिना चौधरी दाङको घोराही उपमहानगरपालिका १५, काठकोहल निवासी हुन । उनि सानै देखि चित्रकलामा रुचि राख्दै आएको उनका बुवा चुम्फिराम चौधरीले बताए ।

सलिनाका वुवा चुम्फिीरामका अनुसार सलिना आइओइ इन्ट्रान्स २०७८ मा आर्किटेक्चर इन्जिनियरिङ अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाली त्रिभुवन विश्वविद्यालय पूर्वाञ्चल क्याम्पस धरानमा पहिलो सेमेस्टरमा अध्ययनरत छिन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित