घोराही ५ धर्नामा एमालेको चुनावी सभा, वडालाई समृद्ध बनाउने

नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्नाले दलजितपुरमा चुनावी सभा सम्पन्न गरेको छ ।

वडा कमिटी अध्यक्ष पोषण नेपालीको अध्यक्षता तथा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्य एवम् प्रतिनिधि सभा सदस्य विष्णु पौडेलको विशिष्ट आतिथ्यमा वडाका सयौँ महिला, पुरुष तथा एमाले प्रति भरोसा गरेका मतदाताहरुको भव्य उपस्थितिमा चुनावी सभा सम्पन्न भएको हो । यसअघिका जनप्रतिनिधिले वडामा काम गर्छु भनेर वडाबासीको मत लिएर विश्वासघात गरको, वडाबासीलाई पक्षपात गरेको जस्ता वडाबासीले गुनासो गरेका छन् ।

एमालेबाट प्रतिनिधित्व गर्दै उम्मेदवार बनेका वडामा यसअघि धेरै राम्रो काम भएको देखेको हुँदा यस पटक नेकपा एमालेका पक्षमा सिंगो वडाबासी रहेको स्थानीयबासीको भनाई रहेको छ । यसैबीच नेकपा एमाले घोराही ५ ले वडालाई समृद्ध बनाउन २६ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणा पत्रमा वडा अध्यक्षले पाउने तलव सुविधा वडाको विकास निर्माणमा लगाउने, शिक्षा, स्वास्थ्य, कृषिलाई प्रवर्द्धन गर्ने उल्लेख छ ।

कृषि, पर्यटन, प्रविधिमैत्री वडा, सुचना र सञ्चार पहुँच बढाउने, पर्यटन, कृषि तथा पशुपालन व्यवसायलाई व्यवसायिकरण गर्दै आत्मनिर्भर वडा बनाउनेलगायत २६ बुँदे घोषणा पत्र पूर्ण कार्यान्वयन गर्ने प्रतिवद्धतासहित सार्वजनिक गरिएको छ । घोषणा पत्रमा उल्लेख भएका कुरा अक्षरस पालना गर्न आफु र आफ्नो टिम तम्तयार रहेको बताउँदै वडाको अग्रगमनका लागि एमालेको पक्षमा मतदान गर्न वडा अध्यक्षमा उम्मेदवार विवेक वुढाथोकीलेअपिल गरे ।

सो अवसरमा प्रमुख अतिथि ज्ञवालीले जनताको सच्चा अभिभावक नेकपा एमाले भएकाले सिंगो पार्टी एमाले जनताको भरोसामा अत्यन्तै गम्भीर रहेको बताए। चुनावी चुनावी सभामा घोराही उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार नरुलाल चौधरी, उपमेयर पदका उम्मेदवार हुमा डिसी, घोराही ईन्चार्ज गेहेन्द्र बस्नेतलयातले बोलेकाथिए। वडा कमिटी ईन्चार्ज ढुकी चौधरीको स्वागत मन्तव्यबाट शुरुभएको चुनावसभाको सहजीकरण वडा कमिटी सचिव घनश्याम केसीले
गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित