नोभा इन्टरनेसनल कलेजमा बिए एलएल पढाइ हुने, खर्च पाँच लाख लाग्ने

दाङको घोराहीमा बिए.एल.एल.बी.को पढाइ सञ्चालन हुने भएको छ । नोभा इन्टरनेसनल कलेजले यसै वर्षदेखि बिए.एल.एल.बी.को पढाइ सञ्चालन गर्ने भएको हो । कलेजले बिहीवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर बिए.एल.एल.बी.को पठनपाठन सुरु हुने जानकारी दिएको हो ।

राजर्षि जनक विश्वविद्यालयको सम्वन्धन प्राप्त गरेर कक्षा सञ्चालन गर्न थालेको अम्विकेश्वरी कलेजका प्रमुख चन्द्रप्रशाद खनालले जानकारी दिए । यस क्षेत्रमा कानुन विषयको पठनपाठनमा सहजताका लागि यस प्रकारको कक्षा सञ्चालन गर्न थालिएको उनको भनाइ छ । अहिले कानुनको विषयमा पढाइ नहुँदा बाहिर जानु पर्ने बाध्यता रहेको उनले बताए । बिए.एल.एल.बी.को पढाइ पाँच वर्षीय हुने उनले बताए ।

पाँच वर्षीय कोर्सलाई दश सेमेस्टरमा सकिने छ, क्याम्पस प्रमुख खनालले भने , त्यसको लाग पाँच वर्षका लागि पाँ लाख खर्च लाग्ने छ । कलेजले ४० जना विद्यार्थी अध्यापन गराउन पाउने भएको छ । विद्यार्थीहरुलाई अध्ययन संगै कमाइमा जोडिने उनले बताए । गुणस्तरीय शिक्षाको लागि आफूहरु प्रतिवद्ध रहेको जनाएको छ । कानुन अध्यय गर्ने विद्यार्थीहरुलाई कमाइ गर्नका लागि सहकार्य गरेर अगाडि बढ्ने समेत प्रमुख खनालले बताए ।

पत्रकार सम्मेलनमा कलेजका संयोजक केशव केसी, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, पत्रकार सुदीप गौतम, सोगतविर चौधरी लगायतकाले भनाइ राखेका थिए । पत्रकार सम्मेलन अम्विकेश्वरी कलेजका प्रमुख चन्द्रप्रकाश खनालको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण बसन्तप्रसाद रिजालले गरेका थिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित